शिक्षा

दरबन्दी मिलान रोक्न माग

महानगरपालिकालाई दरबन्दी मिलान रोक्न माग राखि ध्यानाकर्षण पत्र बुझाउँदै राहत शिक्षक केन्द्रीय सदस्य अर्चाना ढुंगेल ।

राहत शिक्षकहरूले स्थानीय तहले सुरू गरेको शिक्षकको दरबन्दी मिलानको काम रोक्न माग गरेका छन्। शुक्रबार विराटनगर महानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाउँदै विराटनगरका राहत शिक्षकहरूले दरबन्दी मिलानको काम रोक्न माग गरेका हुन्।  

अव्यवहारिक रुपमा दरबन्दी मिलान गर्न लागिएकाले तत्कालै दरबन्दी मिलानको काम रोक्नु पर्ने शिक्षकहरूको भनाई छ। उनीहरूले दरबन्दी मिलानको काम नरोके चरणबद्ध आन्दोलन थाल्ने चेतावनीसमेत दिएका छन्। विद्यार्थीको पुरानो तथ्यांकको आधारमा शिक्षकको दरबन्दी मिलान गर्नु वैज्ञानिक नहुने राहत शिक्षकहरूको धारणा छ।  

यता पत्र बुझ्दै विराटनगर महानगरपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले केन्द्रले भदौ मसान्त भित्र दरबन्दी मिलानको काम सम्पन्न गर्नु भन्ने निर्देशनका आधारमा काम अघि बढेको बताए। केन्द्रले दरबन्दी मिलानको काम रोक्नु भन्ने निर्देशन दिएमात्रै काम रोकन सकिने खतिवडाले स्पष्ट पारे।

प्रकाशित: २६ भाद्र २०७७ १२:३२ शुक्रबार