शिक्षा

सामुदायिक विद्यालयलाई ६६ लाख बराबरको सामग्री हस्तान्तरण

रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्रका सबै सामुदायिकलाई ६६ लाख बराबरको सामग्री हस्तान्तरण गरेको छ । नगरभित्र रहेका १७ वटा सामुदायिक विद्यालयलाईउच्च स्तरको तातो चिसो आउने प्रबिधिको फिल्टर र छात्राहरुका लागि सेनेटरी प्याड विद्यालयलाई उपलब्ध गराइएको हो ।  

पानीका कारण संक्रमण नहोस भन्ने उद्धेश्यले सबै सामुदायिक बिद्यालयमा फ्रिज जडान भएको उच्च प्रबिधिको फिल्टर प्रदान गरिएको सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । उनले सरकारको निति अनुसार सबै बिद्यालयमा फिल्टर र छात्रा तथा महिला कर्माचारीलाई आवश्यक पर्ने सेनेटरी प्याड र भेन्डीङ्ग मेशिन खरिद गरि उपलब्ध गराइएको प्रमुख कार्कीले बताए ।  

२५ लाखको लागतमा १८ वटा उच्च प्रबिधिको फिल्टर खरीद गरिएको नगरपालिकाले जनाएको छ । ७१ हजार प्याकेट सेनेटरी प्याड ३८ लाख र १८ वटा भेडिङ्ग मेशीन ३ लाख ६० हजारमा खरिद गरी साम्दायिक बिधालयलाई उपलब्ध गराईएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।  

नगरका भित्रका आधारभुत बिधालयलाई ५० लिटर क्षमताको र माध्यमिक बिद्यालयलाई २ सय लिटर क्षमताको उच्च स्तरको चिसो पानी आउने प्रबिधिको फिल्टर आईतबार हस्तान्तरण गरिएको हो ।  

बिद्यालयमा संचलानको समयमा खानेपानीको सहज उपलब्धता र छात्राहरुलाई महिनावारीको समयमा पनि सहज रुपले अध्ययनमा सहभागी गराउन सहयोग गर्ने उदेश्यले आफूहरुले फिल्टर र सेनटरी प्याड विद्यालयलाई उपलब्ध गराइएको शिक्षा शाखा प्रमुख हेमराज अर्यालले बताए ।

प्रकाशित: ११ श्रावण २०७७ १२:१२ आइतबार

सामुदायिक विद्यालय सामान हस्तान्तरण