शिक्षा

नमूना विद्यालय विकासका लागि भगवती दिनानाथ माबि चयन

नमूना विद्यालय विकासका लागि खोटाङको भगवती दिनानाथ माबि खोटाङबजार छानिएको छ । नमूना विद्यालय विकास एबं सञ्चालन निर्देशिका २०७४ अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार ३१ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको भगवती दिनानाथ माबि मुलुकभरका सय वटा नमूना विद्यालय विकासको सूचीमा परेको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा शिक्षा, विज्ञान तथा प्रविधि विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाबाट विगतमा नमूना विकासका लागि विद्यालय छनौट नभएका स्थानीय तह अन्तरगतका सय वटा विद्यालयलाई नमूना विकासका लागि छनौट गर्न गत असोज १६ गते सूचना प्रकाशन गरेको थियो । प्रकाशित सूचनाका आधारमा आवेदन दिएकामा आफ्नो विद्यालय नमूना विकासका लागि छानिएको भगवती दिनानाथ माबिका प्रअ कुमार पराजुलीले बताए । शिक्षा, विज्ञान तथा प्रविधि विकास केन्द विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा्रले जारी गरेको सूचनाको १५ औं नम्बरमा भगवती दिनानाथ माबिको नाम उल्लेख छ ।

२००६ साल जेठ १५ गते स्थापना गरिएको भगवती दिनानाथ माबिमा हाल साँढे सात सय विद्यार्थी अध्यायनरत छन् । हाल कक्षा १२ सम्म पठन–पाठन हुँदै आएको माबिमा यस वर्ष प्राविधिकधारतर्फ बालीविज्ञान विषयको पठन–पाठनका लागि स्वीकृति प्राप्त भएको प्रअ पराजुलीले बताए ।

प्रकाशित: १ श्रावण २०७७ १२:११ बिहीबार

नमूना विद्यालय विकास भगवती दिनानाथ माबि चयन