शिक्षा

नमुना बनाउन देशभरबाट छानिए सय विद्यालय (सूची)

नमुना बनाउने लक्ष्यअनुसार सरकारले देशभरबाट सय विद्यलाय छनोट गरेको छ ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय क्षेत्र विकास योजना कार्यक्रम अन्तगर्गत ती विद्यालय छनोट गरिएको जानकारी दिएको हो ।  

आर्थिक वर्ष २०७६/७७ अन्तर्गत यसअघि नमुना विकासका लागि विद्यालय छनोट नभएका स्थानीय तहमा विद्यालय छनोटका लागि २०७६ असोज १६ गते गोरखापत्रमा गरिएको सूचनाअनुसार आएका आवेदनमध्ये नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७४ (पहिलो संशोधन २०७५ सहित) अनुसार बुधबार बसेको शिक्षा मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट सय विद्यालय छानिएको स्रोत विकास केन्द्रले जानकारी दिएको छ ।  

अब विद्यालय क्षेत्र विकास योजनाअनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।  

उक्त कार्यक्रमअन्तर्गत आधारभूत तथा माध्यमिक तहमा सिकाइको नतिजा तथा माध्यमिक तहको परीक्षा प्रणाली सुधार्ने, लैंगिक, सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले स्कुलमा सहभागिता बढाउने, माध्यमिक तहसम्मको पढाइ पूरा गर्ने वातावरण बनाउने, शिक्षकको समयतालिका र विद्यालय प्रशासनमा सुधार गर्नेलगायत छन् ।

यी हुन् छनोट भएका १०० विद्यालय  ः

  

 

 

 

 

प्रकाशित: १ श्रावण २०७७ १०:०५ बिहीबार

शिक्षा नमुना विद्यालय