शिक्षा

एजुकेसन पार्क ‘द–पायनियर’ अन्तर्राष्ट्रिय अवार्डमा लगातार दोस्रोपटक मनोनीत

एजुकेसन पार्क शिक्षा क्षेत्रको सबैभन्दा ठूलो तथा अन्तर्राष्ट्रिय सम्मान ‘द–पायनियर अवार्ड २०२०’अन्तर्गत एजुकेसन एजेन्सी अफ द इयरका लागि मनोनीत भएको छ ।   ‘द पाई’ ले  २०७० सालदेखि प्रत्येक वर्ष समारोह आयोजना गर्दै आएको छ । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा रहेका ‘प्रोफेसनल’को विश्वव्यापी समुदायलाई एकै परिधिमा बाँध्ने उद्देश्यले स्थापित द पाईले द–पाई न्युज, द–पाई रिभ्यु, द–पाई जब्सलगायत कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।  

द–पाई अवार्डमा भने आफ्नो पेसागत विषय तथा समाजमा उत्कृष्ट योगदानका आधारमा आवेदन दिने विभिन्न व्यक्तित्व तथा संघ संस्थाहरुलाई सम्मान गरिन्छ । १८ वटा विधा रहेको यस वर्षको समारोहमा उत्कृष्ट शैक्षिक परामर्शदाताको विधामा नेपालको एजुकेसनपार्कसँगै विभिन्न मुलुकका सात संस्था मनोनयनमा परेका छन् ।

एजुकेसन पार्कले शिक्षाका लागि विश्वमै उत्कृष्ट मानिने अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा तथा न्युजिल्यान्डलगायतका शैक्षिक गन्तव्यमा जान परामर्श दिने गरेको छ । त्यस्तै,  कम्पनीले विद्यार्थी तथा अभिभावकलाई सूचनात्मक कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।  

‘यो मनोनयन एजुकेसनपार्कको मात्र नभई सारा नेपाली शैक्षिक परामशदाता संस्थाको उपब्धि हो, कम्पनीका प्रबन्ध निर्देशक विराज पाण्डे भन्छन्, ‘लगातार दोस्रो वर्ष मनोनीत हुनुले यो इंकित गर्दछ  कि हामीले आफ्नो कार्यक्षेत्रमा भरसक उच्चस्तरीय सेवा प्रदान गर्दै आएका छौं ।’

यस वर्षको अवार्डस् समारोह सेप्टेम्बर ११ मा लन्डनको गिल्ड हलमा सम्पन्न हुनेछ ।  

प्रकाशित: ३२ जेष्ठ २०७७ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App