शिक्षा

लकडाउनमै त्रिवि पदाधिकारी नियुक्तिका लागि चलखेल

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अदालतको आदेशविपरीत  त्रिवि वनविज्ञान अध्ययन संस्थान, पोखरा क्यामपसको क्याम्पस प्रमुख नियुक्ति गरेका छन् । पाटन अदालतले ०७६ फागुन २७ गते नै विश्वविद्यालयले  त्रिवि पदाधिकारीले नियमविपरित क्यम्पास प्रमुखमा सहप्रध्यापक रामप्रसाद शर्मालाई नियुक्ति गरेको भन्दै परेको रिटमा पाटन अदालतले नियुक्ति प्रक्रिया र नियमविपरीत भएको भन्दै काम नर्गन गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५०को नियम १८५(२) मा अध्ययान संस्थानअन्तर्गत क्याम्पस प्रमुख  नियुक्तिख गर्दा डीनको सिफारिस  कार्यकारी परिषदले क्याम्पस प्रमुख नियुक्ति गर्ने उल्लेख छ । तर यस नियमलाई उपकुलपति धर्मकान्त बाँस्कोटाले मिचेर शर्मालाई नियुक्ति गरेको  संस्थानका डिन कृष्णराज तिवारीले बताए । उनले सिफारिस  गरेको सहप्रध्यापक ठाकुरप्रसाद सिलवाललाई फालेर उपकुलपति बास्कोटाले शर्मालाई नियुक्ति गर्नु नै गलत भएको बताए ।

आफूनिकटलाई बाँस्कोटाले नियुक्त गरेपछि पूर्वक्याम्पस प्रमुख ठाकुर सिलवालले नियमविपरीत नियुक्ति भएको दाबी गर्दै पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालत पाटनले निवेदनको सुनुवाइ गर्दै नियुक्तिविरुद्धमा अन्तरिम आदेश जारी गरेको थियो ।

त्रिवि नियमको वेवास्ता गर्दै उपकुलपतिवाट वन विज्ञान अध्ययन संस्थानमा भएका पदाधिकारी नियुक्तिको निर्णयलाई सच्याउन प्रजातन्त्रवादी प्राध्यापक संघ, वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस एकाइले निरन्तर खवरदारी तथा चरणवद्ध दबाब कार्यक्रम गर्दै आएका छन् ।  

नेपाल प्रजातन्त्रवादी  प्राध्यापक संघ, केन्द्रीय समितिले समेत विज्ञप्ति जारी गर्दै  विश्वविद्यालय कापदाधिकारीको  संलग्नतमा भएका   अनाधिकृत कार्यहरुको खण्डन गर्दै विगतमा भएका सहमतिय प्रणालीको अव अर्थ नभएको र पदाधीकारी नियुक्ति गर्ने राजनीतिक भागभण्डामा सहभागी नहुने उल्लेख गरेको छ ।

प्रकाशित: १८ जेष्ठ २०७७ २३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App