शिक्षा

कक्षा ११ को नतिजा चित्त नबुझे उत्तरपुस्तिका पुनःपरीक्षण गर्न पाइने

काठमाडौं- कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीहरुले पुनर्योगका नतिजा पश्चात उक्त नतिजामा समेत चित्त नबुझे उत्तरपुस्तिका पुनःपरीक्षण गराउने ब्यवस्था राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गरेको छ। नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयबाट पुस ३ गते निर्णय भई उत्तरपुस्तिका पुनःपरीक्षण निर्देशिका, २०७५ को ब्यवस्था अनुसार विद्यार्थीलाई प्राप्त नतिजामा चित्त नबुझे यसको लागि पहिले पुनर्योग अनिवार्य गरिनु पर्ने हुन्छ। त्यसपछि मात्र उत्तरपुस्तिका पुनः परिक्षणको निवेदन दिनु पर्ने बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए। उनले पुस ४ गतेदेखि नै देशभरिका प्रदेश र शाखा कार्यलयहरुमा कक्षा ११ को उत्तरपुस्तिका पुनःपरिक्षण निर्देशिका कार्यन्वयनको लागि निर्देशन जारी गरिसकेको बताए। 

उनले परीक्षामा पारदर्शिता र उत्तरपुस्तिका परीक्षहरुलाई थप संवेदनसिल बनाउन यस्तो ब्यवस्था गरिएको दाबी गरे। मंसिर १२ गते प्रकाशित कक्षा ११ को अन्तिम परीक्षाको पुनर्योगको नतिजमा चित्त नबुझेका विद्यार्थीहरुले बोर्डले सूचना प्रकाशित गरेको १५ दिनभित्र तोकिएको प्रक्रिया पुरा गरि प्रति विषय रु २ हजार शुल्क सहित उत्तरपुस्तिका पुनःपरीक्षणको लागि बोर्डका सम्बन्धित प्रदेश परीक्षा कार्यालय वा शाखा कार्यालयहरुमा निवेदन दिनुपर्ने ब्यवस्था निर्देशिकामा गरिएको छ। ‘विद्यार्थीले उत्तरपुस्तिका पुनःपरीक्षणको लागि निवेदन दिएपछि बोर्डले कपि परीक्षक बाहेकको छुटै तीन विज्ञहरुको समुह गठन गर्ने छ’, अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘ति विज्ञहरुले विद्यार्थीलाई सामुन्ने राखि उत्तरपुस्तिकामा दिएका नम्बरहरुलाई पुनः परीक्षण गरि यदि त्रुटि भएको छ भने पुन नम्बर दिइने अधिकार हुन्छ।’ उनले थपे, ‘यसबाट अबदेखि उत्तरपुस्तिका चेक हुँदा कपी परीक्षकहरु संवेदनशील हुने छन्।’ अध्यक्ष पौडेलले यस वर्ष कक्षा ११ को हकमा मात्र उत्तरपुस्तिका पुनःपरीक्षण कार्यान्वयन हुने र अगामी वर्षदेखि कक्षा १२ को हकमा समेत निर्देशिका जारी कार्यन्वयन गरिने जनाए। 

‘नतिजाहरुलाई त्रुटिरहित र पादर्शी बनाउन उत्तरपुस्तिका पुनःपरिक्षणको ब्यवस्था गरिएको हो’, उनले भने, ‘अब विद्यार्थीहरु नतिजकै कारण मार्कामा पर्ने छैनन्। उनीहरुले लेखेको अनुसारै पारदर्शी तरिकाले नम्बर पाउने ब्यवस्था गरेका हौं।’

प्रकाशित: ८ पुस २०७५ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App