शिक्षा

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा बुधवार सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६ हजार २२७ सहभागी भएकामा नतिजाअनुसार ‘ए प्लस’ ल्याउने ८४, ‘ए’ ल्याउने २८४, ‘बी प्लस’ ल्याउने ८४० रहेका छन्। 

बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षामा ‘बी’ ल्याउने तीन हजार ३७३, ‘सी’ प्लस’ ल्याउने नौ हजार ७५१, ‘सी’ ल्याउने २१ हजार ५७४ र ‘डी प्लस’ ल्याउने २२ हजार २९७ रहेका छन्। त्यसैगरी ग्रेड ‘डी’ ल्याउने १० हजार ४४७ र ‘ई’ ल्याउने सात हजार ५७७ छन्। 

परीक्षामा ‘डी प्लस’ वा सोभन्दा मुनि कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो। सो व्यवस्थाअनुसार मौका परीक्षामा एक लाख १६ हजार सहभागी हुन पाउने भए पनि ७६ हजार २२७ जना मात्र सहभागी भएका थिए। यस वर्षको मौका परीक्षाको नतिजा अघिल्लो वर्षभन्दा १४ दिनअघि सार्वजनिक गर्न सफल भएको बोर्डले जनाएको छ। बोर्डले गत भदौ १६ गते कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो। 

प्रकाशित: ३ आश्विन २०७५ १६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App