शिक्षा

एलआरआई–इङ्लिस इन चेस्टर सम्झौता

काठमाडौं – काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल र बेलायतकोे इङ्लिस इन चेस्टरबीच द्विपक्षिय शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ।

सम्झौता पत्रमा एलआरआई प्राचार्य डा. देवकान्त जोशी र इङ्लिस इन चेस्टरका तर्फका निगेल परमोरले हस्ताक्षर गरेका छन्।

छोटो अवधिको शिक्षणका लागि विद्यार्थीको भाषाको गुणस्तर तथा अभिभावकका लागि छोटो अवधिको भाषा प्रशिक्षण गर्ने कुरामा दुवै पक्ष सहमत भएका बताइएको छ। एलआरआईले सम्झौता गरेको बेलायतको उक्त विद्यालय बेलायतका करिब ५ सय विद्यालय मध्ये ‘टप थ्रीमा’ रहेको बताइएको छ ।

सम्झौता समारोहमा विद्यालयका संस्थापक गुठियार यशोधरा पन्त, लेखा प्रमुख दिपक जोशी, विद्यालय व्यवस्थापन समितिका सदस्य साधुराम गौतम, इङ्लिस इन चेस्टरकी जेनी, एनएनए तथा लण्डन नेपाल न्युज बेलायतका सम्पादक एभरेष्ट गौतम लगायतको अपस्थिति थियो।

प्रकाशित: १४ भाद्र २०७५ ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App