शिक्षा

शिक्षामा आधुनिकीकरण आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शिक्षामा आधुनिकीकरणको आवश्यकता रहेको बताएका छन् । प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोडदिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रलाई थप सशक्त र परिणामुखी बनाउनुपर्ने आवश्यक रहेको बताए।

त्रिभुवन विश्वविद्यालयको ५९ औं वार्षिकोत्सवको अवसरमा त्रिवि वार्षिक सभाको बैठक समापन समारोहमा बोल्दै त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले शिक्षालाई जिविकोपार्जनसंग जोड्न सकेमात्र समृद्धि हाँसिल हुने बताए । सरकारले गर्ने सबै खाले अनुसन्धानका कार्यहरु अब विश्वविद्यालय मार्फत गराउने बताउदै ओलीले विश्वविद्यालयलाई प्राज्ञिक अनुसन्धानका कार्य गर्न सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं त्रिविका सहकुलपति गिरिराजमणी पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको अभिलाषा पुरा गर्न त्रिविले प्रविधियुक्त दक्ष जनशक्ति निर्माण गरेर योगदान पु¥याउनु पर्ने र त्यसको लागि सरकारको तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा सम्पन्न सभाले शैक्षिक सत्र २०७४/०७५ मा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उत्तीर्ण विभिन्न संकाय तथा अध्ययन संस्थान अन्तरगत कुल ७३ हजार ९ सय १ जना विद्यार्थीहरुको ५६ औं ग्रेस लिस्ट स्वीकृत गरेको छ।

प्रकाशित: ५ श्रावण २०७५ १२:४५ शनिबार

शिक्षामा आधुनिकीकरण आवश्यक प्रधानमन्त्री ओली