काठमाडौं – राष्ट्रिय परिक्षा बोर्ड सानो ठिमीले शनिवार प्रकासित गरेको त्रुटिपुर्ण नतिजाका कारण कक्षा १०(एसइइ)को परीणाममा ९ हजार ४७ विद्यार्थी प्रभावित बने। बोर्डले नतिजा प्रकासित गर्ने तोकेको समय भन्दा ५ घन्टा ढिला नतिजा प्राकसित गर्दा समेत गलत नतिजा प्रकासनले विद्यार्थी र अभिभावकहरु तनावमा रह।
गलत नतिजाले ९० नम्बर प्राप्त गरेको ९ हजार ४७ विद्यार्थीालाई प्रभावित परेको हो। ९० नम्बर प्राप्त गर्ने विद्यार्थीहरुको पहिलो नतिजा ए ग्रेड देखाएको थियो भने दोस्रो पटक सच्चाइएको नतिजाले एप्लस देखाएको छ। सच्चाइएको नतिजामा ९ हजार ४७ विद्यार्थीको ए बाट ए प्लस ग्रेडमा रुपान्तरण भएको छ।
यस वर्षको नतिजाले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकासन गर्ने बैज्ञानिक आधार नभएको प्रष्ट बनेको शिक्षाविद् मनप्रसाद वाग्लेको आरोप छ। उनले साढे चार लाख बढी विद्यार्थीको भविष्य जोडिएको बोर्डले नतिजा प्रकासनमा संवेदनसिलता नदेखाएकोमा दुःख ब्यक्त गरे। उनले सरकारको ग्रैडिङ प्रणालीबाट नतिजा प्रकासन गर्ने तयारी नपुगेकै कारण तीन वर्षदेखि अन्योलतानै बनेको जिकिर गरे।
‘नतिजाको ग्रेड बढेर आउँदा विद्यार्थी खुशि भए तर घटेको भए समाजिक खललता उत्पन्न हुन्थ्यो ,’शिक्षाविद् बाग्लेले भने ‘संसारको उत्कृटा नतिजा प्रकासन गर्ने प्रणालीनै ग्रेडिङ हो तर नेपालमा तयारिनै पुगेन।’ उनले थपे ‘लेटर ग्रेडिङ अंकमा आधारित प्रणाली नभएर स्तरमा आधारित भएकोले अब राज्यले त्यही अनुसारको बैज्ञानिक आधार बनाएर अघि बढ्नु पर्छ।’
बोर्डले प्रकासित गरेको नतिजामा विद्यार्थीले प्राप्त गरेको नम्बरलाई ग्रेड र ग्रेड प्वाइन्टमा रुपान्तरण गर्दा नतिजामा त्रुटि भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले स्वीकारे। उनले विद्यार्थीले प्राप्त गरेको ९० नम्बरलाई ग्रेड र ग्रेड प्वाइन्टमा कम्प्युटर अपरेटरले इन्ट्री गर्ने कमान्डको गडबढीका कारण नतिजामा त्रुटि भएको प्रष्ट्याए । शनिवारको नतिजाको गल्ती सच्चाएर बोर्डको सोमबार बसेको बैठकले सच्याएको नतिजालाई आधिकारिक मान्ने निर्णय गरेको अध्यक्ष पौडेलले भने। ‘सफट्वेयर नयाँ र कमान्ड पुरानै भएकोले ९० नम्बर ल्याउनेहरुको ग्रेड ए मात्र देखायो ,’अध्यक्ष पौडेलले नागरिकसँग भने ‘सोमबार बोर्डको बैठक बसी सच्चाइएको नतिजालाई आधिकारिक मान्ने निर्णय गरेको छ। साथै शिक्षा मन्त्रालयलाई यसबारे छानविन गर्न समेत लेखि पठाइएको छ ।’ उनले थपे‘अब उपरान्त नतिजा त्रुटिरहित प्रकासित गर्न बोर्डले अध्ययन अनुसन्धान थालेको छ।’
आफनो शिक्षा निति नभएको र दातृ निकायको दबाबमा शिक्ष नीतिहरु तय हुने हुँदा शिक्षा क्षेत्रमा समस्या आइरहेको मन्त्रालयकै एक अधिकारीले जनाए। उनले एसइइ मात्र होइन दातृ निकायकै इशारामा कक्षा ११ र १२ मा नेपालीलाई कम क्रेडिट आवरमा झारेको र विज्ञानको जिवविज्ञान समुहबाट समेत गणित हटाइएकोमा अक्रोस ब्यक्त गरे।
‘आफनो तयारिनै पुरा नहुदै तीन वर्षदेखि अन्योलता पुर्ण स्थितीमै हावादारी पारामा ग्रेडिङ कार्यन्वयन भयो ,’शिक्षा मन्त्रालयको एक अधिकारीले नाम नराख्ने शर्तमा भने ‘न त यसको मर्म शिक्षकलेनै बुझेका छन् त मन्त्रालयका पदाधिकारीले नै । तर पनि तीन वर्षदेखि नतिजा प्रकासन गर्दै आएको छ ग्रेडिङमै।’उनले थपे ‘दातृ निकायले थोरै रकम दिन्छन् तर पनि उनीहरुलेनै नेपालको शिक्षा चलाएका छन्। यसैले गर्दा हाम्रो शिक्षा भद्रगोल बनी रहेका छ । ’ उनका अनुसा यसैको एक उदाहरण एसइइको नतिजा पनि हो।
बोर्डले ९०–१०० अंक ल्याउनेलाई ए प्लस ग्रेड र ४ ग्रेड प्वाइन्ट दिने गरेको छ। भने ८०–८९ अंक ल्याउनेलाई ए ग्रेड र ग्रेड प्वाइन्ट३.६ दिने गरेको छ । यसैगरि ७०–७९ अंक ल्याउनेलाई बी प्लस र ग्रेड प्वाइन्ट ३.२ ग्रेड प्वाइन्ट , ६०–६९ अंकलाई बी र ग्रेड प्वाइन्ट२.८ तोकिएको छ। यसैगरि ५०–५९लाई सी प्लस ग्रेड र ग्रेड प्वाइन्ट २.४ र ४०–४९ अंकलाई सी ग्रैड र ग्रेड प्वाइन्ट २ तोकिएको छ।
शिक्षाविद् विद्यानाथ कोइरालाले अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने तरिकालेनै विग्रेको औल्याए। उनले ग्रेडिङ कार्यन्वयन भएका देशहरुमा विद्यार्थीको निरन्तर मूल्याँकन , विषयबस्तुको ज्ञानलगाएतको आधारमा स्तर मापन हुने भए पनि नेपालमा ग्रेडिङको मर्म अनुसार कार्यन्वयन हुन नसक्दा समस्या आएको जनाए। ‘वर्षेनी ए ल्याउनेहरु १३ प्रतिशत माथि गएको छैन। अझै एक लाख विद्यार्थी कक्षा ११ प्रवेशबाट रोकिन्दै आएको छ ,’शिक्षविद् कोइरालाले सुझाए ‘अब सरकारले शिक्षकलाई ग्रेडिङको बारेमा राम्ररी बुझाएर कमजोर ग्रेडकालाई राम्रो ग्रेडमा पार्ने तरिकाले जानु पर्छ।’
प्रकाशित: १२ असार २०७५ ०२:४४ मंगलबार