शिक्षा

त्रिवि पत्रकारिता केन्द्रीय विभागको आधुनिक भवन निर्माण गर्न बजेट विनियोजन

काठमाडौं– सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भवन निर्माण तथा पूर्वाधार विकासका रकम छुट्याइएको उल्लेख छ।

अर्थमन्त्रीले तयार पारेको बजेटको सूचना तथा सञ्चार शीर्षकमा भनिएको छ- ‘नेपाली पत्रकारितामा गुणस्तरीय, व्यवसायिक र स्वच्छ अभ्यासलाई प्रोत्साहित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागमा अनुसन्धान र प्रयोगात्मक कक्षाहरु सहितको आधुनिक भवन निर्माण गर्न बजेटको व्यवस्था गरेको छु।’ 

बजेटले पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्तिकोषलाई पत्रकारको हित र कल्याणमा परिचालन गर्न अनुदानको व्यवस्था समेत गरेको छ।

प्रकाशित: १५ जेष्ठ २०७५ १३:०९ मंगलबार

त्रिवि पत्रकारिता केन्द्रीय विभागको आधुनिक भवन निर्माण गर्न बजेट विनियोजन