शिक्षा

अन्तरिक्ष यात्री स्यान्ड्रा काञ्जीरोवामा

काठमाडौ – अमेरिकी अन्तरिक्ष यात्री एवं नासाकी पूर्व निर्देशक डा. स्यान्ड्रा म्याग्नसले काञ्जिरोवा नेसनल माविको अवलोकन भ्रमण गरेकी छिन्।

विद्यालयका कार्यकारी निर्देशक महेन्द्र खनालले डा. स्यान्ड्राको भ्रमणले विद्यार्थीहरूमा उत्साह छाएको बताए। संस्थाका कार्यकारी अध्यक्ष कपिलदेव रेग्मीले विद्यार्थीहरूको सार्वाङ्गीण समुन्नतिका लागि विगत केही वर्षदेखि अमेरिकासँग शैक्षिक, सांस्कृतिक र प्राविधिक क्षेत्रमा सहकार्य गर्दै आइरहेको बताए।

डा. स्यान्ड्राले आफू बाह्र वर्षको उमेरदेखि नै वैज्ञानिक बनिछाड्ने अठोट बोकेर निरन्तर अध्ययन अनुसन्धानमा लागेको र नासाकी वैज्ञानिकका रूपमा छनोट भएपछि आफ्नो जीवनको सपना साकार भएको बताइन्। सङ्कल्प, अठोट, मिहिनेत र साधनाले व्यक्ति आफ्नो लक्ष्यमा पुग्ने बताउँदै उनले आफूभित्रको त्यही विशेषताले वैज्ञानिक बनेर अन्तरिक्षसम्म पुगेको बताइन्। उनले विद्यार्थीहरूलाई आफ्नो अन्तरिक्षयात्राको अनुभवसम्बन्धी सामग्री प्रदर्शन गर्दै अन्तरिक्षयात्राका चरण, प्रक्रिया र चुनौतीका बारेमा विद्यार्थीहरूले राखेका जिज्ञासाहरूको समेत जवाफ दिएकी थिइन्।

प्रकाशित: १३ जेष्ठ २०७५ ०४:२६ आइतबार

अन्तरिक्ष यात्री स्यान्ड्रा काञ्जीरोवामा