शिक्षा

विद्यालयको क्याप्टेन छान्न चुनाव (फोटो फिचर)

काठमाडौं- सामान्यतया निर्वाचन नेता छान्न हुने गर्छ। नेपालको हकमा भने राजनीतिक तहमा ‘लिडर’ छान्न प्राय चुनाव हुन्छ, चाँहे त्यो पार्टीमा होस वा भातृ सँगठन (विद्यार्थी) संगठनतिर।

तर, काठमाडौंको मैतिदेवीमा रहेको निजी विद्यालय अल्बर्ट इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलमा क्याप्टेन छान्न चुनाव भएको छ। कक्षा १०सम्म पढाइ हुने विद्यालयले मतदान गरेर क्याप्टन चुनेको छ।

चुनावबाट एल्लो हाउसको क्याप्टेन प्रतिभा कठेत चुनिएकी छिन्। त्यस्तै भाइस क्याप्टेनमा अञ्जु तामाङ्गलाई चयन गरिएको विद्यालयका अध्यक्ष शम्भु पोखरेलले जानकारी दिए। 

उनका अनुसार ग्रीन हाउसमा अन्सिला घिमिरे र सोना तामाङ्ग, रेड हाउसमा इशा ठकुरी र सुप्रिम चिमोरिया, ब्लू हाउसमा कृपा लामा र प्रतिक चौधरी क्याप्टेन र भाइस क्याप्टेन चुनिए।   

विद्यालयको क्याप्टेन छान्न चुनाव फोटो फिचर