महोत्तरी- धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन्।
फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै सो बस्तीका विपन्नका बालबालिकालाई बस्तीकै छेउमा रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना गराए।
प्रकाशित: १३ वैशाख २०७५ १६:४३ बिहीबार