शिक्षा

नेपाल शिक्षक महासंघको सडक आन्दोलन: आजदेखि माइतीघरमा धर्ना

नेपाल शिक्षक महासंघले बुधवार (आज) देखि काठमाडौंमा सडक आन्दोलन सुरु गर्दैछ। महासंघले आज दिउँसो १ बजेबाट माइतीघर मण्डलामा धर्ना दिने योजना बनाएको छ।  

हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक संसदमा पेस नभई अधिवेशन नै समाप्त भएको छ। 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा यो विषयमा छलफल चलिरहेको छ। समितिले वार्ताबाट समस्या समाधान गर्न सकिने भन्दै आन्दोलन छाडेर छलफलमा आउन महासंघलाई आग्रह गरेको छ।

प्रकाशित: २० चैत्र २०८१ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App