शिक्षा

केयूको भीसीका लागि २० जनाको उम्मेदवारी स्वीकृत (नामवलीसहित)

काठमाडौं विश्वविद्यालयको उपकुलपति (भीसी) का लागि २० जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पछिल्लो पटक थप चार जनाको आवेदन स्वीकृत भएसँगै भीसीका लागि २० जना प्रतिस्पर्धामा देखिएका हुन् । पहिलो पटकको आवेदनमा १६ र दोस्रोमा ४ जनाको आवेदन स्वीकृत भएको हो ।

केयूका मेडिकल संकायकाले कार्यविधिका कारण आवेदन दिन नपाएपछि १८ माघ गते दोस्रो पटक आवेदन माग गरिएको थियो ।

छनोट समितिका अनुसार, दोस्रो पटक प्रा.डा. गेहनाथ बराल, प्रा.डा. गजेन्द्रप्रसाद कोजू, प्रा.डा. अजय रिसाल, प्रा.डा. दिपक श्रेष्ठको निवेदन स्वीकृत भएको हो ।

अन्तर्वार्तासँगै सोचपत्रका आधारमा छनोट समितिले २० जनाबाट ३ जनाको नाम कुलपतिमा सिफारिस गर्नेछ । 

प्रकाशित: २५ माघ २०८१ १२:५६ शुक्रबार

#KU #काठमाडौं विश्वविद्यालय