शिक्षा

तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त

नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन्।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीनैवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्।

नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयमा प्रा.डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा. शारदा थपलिया उपकुलपतिमा नियुक्ति भएका हुन्।

छनौट सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री ओलीले उनीरुलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन्।

प्रकाशित: ७ पुस २०८१ १८:३२ आइतबार