शिक्षा

आठाैं एएमयुएन सम्पन्न

<br>

.

आठाैं अक्षरा मोडेल युनाइटेड नेसन्स (एएमयुएन)–२०८१ सम्पन्न भएकाे छ।

संयुक्त राष्ट्रसंघका विभिन्न समिति र आयाेगहरूमा हुने बैठककाे प्रारूपलाई हुबहु प्रस्तुत गरिने साे कार्यक्रम काठमाडाैंकाे काँडाघारीस्थित अक्षरा स्कुलमा शुक्रबारदेखि सञ्चालित थियाे।

‘मोडेल युनाइटेड नेसन्स’ (मुन) संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त एक शैक्षिक मञ्च हो। जसअन्तर्गत आयाेजित कार्यक्रममा ‘विश्व व्यापार संगठन, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय प्रेसलगायत विभिन्न समितिहरूमार्फत सामूहिक रूपमा छलफल भएकाे थियाे।

विद्यालय तहका विद्यार्थी सम्मिलित कार्यक्रमको संयोजन विद्यार्थी आफैंले गरेका थिए। कार्यक्रममा अक्षरा स्कुलसहित उपत्यकाका १५ वटा विद्यालयका १४२ प्रतिनिधिको सहभागिता रहेको विद्यालयका शैक्षिक निर्देशक विष्णु पनेरूले जानकारी गराए।

कार्यक्रममा  विभिन्न राष्ट्रहरूकाे वैदेशिक नीति, त्यहाँकाे सामाजिक तथा राजनीतिक अवस्था, वातावरणीय प्रभाव, लागुऔषध, महिला हक र अधिकारलगायत विषयमा वादविवाद तथा छलफल गरी प्रस्तावहरू पारित गरिएकाे थियाे।

विश्वमा घटेका समसामयिक समस्याबारे उठान गरी र तिनकाे समाधान गर्ने कार्यमा विद्यार्थीहरूकाे सक्रिय सहभागिता रहेकाे प्रतिनिधिहरूले जनाए। शिक्षामा रूपान्तरण र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्नसक्ने नागरिक निर्माण गर्ने उद्देश्यले विगत ८ वर्षदेखि याे कार्यक्रम गर्दै आएकाे एएमयुएन कार्यक्रमकी संयाेजक सविता गाैतम पाेख्रेलले बताइन्।

उनका अनुसार कार्यक्रममा गान्धी आदर्श माध्यमिक विद्यालय, गाेल्डेन बर्ड, शिक्षालय नेपाललगायत करिब १० वटा विद्यालयले भ्रमणसमेत गरेका थिए। धुलिखेल नगरपालिका प्रमुख अशाेककुमार व्याञ्जु श्रेष्ठकाे आतिथ्यमा उद्घाटन गरिएको कार्यक्रममा उनले विद्यार्थीहरू देशकाे भविष्यका सूत्रधार वा देशका हरेक क्षेत्रका संवाहक भएकाले हरेक क्षेत्रकाे ज्ञान राख्नुपर्ने धारणा राखेका थिए।

शिक्षण सिकाइमा यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइमा समालोचनात्मक सोचको विकास गर्ने र अनुसन्धानमूलक अध्ययन गर्ने बानीको विकास हुने उनले प्रष्ट पारे। प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीहरू देशकाे भविष्यका सूत्रधार वा देशका हरेक क्षेत्रका संवाहक भएकाले हरेक क्षेत्रकाे ज्ञान राख्नुपर्ने धारणा राखेका थिए।

शिक्षण सिकाइमा यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइमा समालोचनात्मक सोचको विकास गर्ने र अनुसन्धानमूलक अध्ययन गर्ने बानीको विकास हुने उनले प्रष्ट पारे। विद्यालयकी संस्थापक निर्देशक अञ्जु भट्टराईले एमयुएनको आयोजनाले विद्यार्थीहरूमा नेतृत्व विकास, समस्या समाधान गर्ने सीप, खोज र अनुसन्धान गर्न उपयुक्त अवसर प्रदान गरेको बताइन्।

विद्यार्थीहरू आफैंले कार्यक्रम गर्ने भएकाले  उनीहरूमा यस्ताखाले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमले नेतृत्व विकासका साथै अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्नसक्ने सिप विकास हुने निर्देशक भट्टराईले बताइन्।

उनका अनुसार एमयुएनका यस्ताखाले विद्यार्थीकेन्द्रित कार्यक्रमले आपसी सहयाेग, कूटनीति, वार्तालाप, सामूहिक कार्य लगायत विद्यार्थीकाे सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित: ३ मंसिर २०८१ २१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App