खेल

साफ महिला च्याम्पियनसिप फुटबल : रेखा पौडेलले रातो कार्ड पाएपछि दर्शक आक्रोशित, खेल केहीबेर रोकियो

साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा भारतविरुद्धको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएर मैदान छाडनु परेको छ । 

साफ महिला च्याम्पियनसिप फुटबलमा भारतविरुद्धको खेलमा नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी हुन ।खेलको ५१ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छाड्नु परेको हो । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका कारण खेल करिब १० मिनेटसम्म रोकियो। अन्ततः खेल पुनः सुचारु गरिएको छ।

अब नेपाली टिम १० खेलाडीमा सीमित भएको छ । दर्शकहरुले रेफ्री आउट भनेर नारा लगाएका थिए ।मध्यान्तरसम्म गोल रहित बराबरीमा सकिएको खेलमा ७० औ मिनेटमा भारतले एक गोल गर्दै अग्रता लिएको छ। 

प्रकाशित: ११ कार्तिक २०८१ २०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App