शिक्षा

आज राष्ट्रिय शिक्षा दिवस

आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकाः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो।

सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गत वर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउन थालेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिमार्फत् विशेष कार्यक्रमहरू गर्न लागेको छ।

शिक्षा मन्त्रालयले आज दिवसका सन्दर्भमा यसवर्षको नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवम् छात्रा पुरस्कार घोषणा गर्दैछ।

यी पुरस्कारका लागि आवेदन माग गरिएको र उनीहरूमध्येबाट पुरस्कृत हुनेहरूको नाम समेत छनोट भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ आश्विन २०८१ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App