शिक्षा

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका छन्।

प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को  दफा १६ को उपदफा ६ बमोजिम सोमबार उक्त जिम्मेवारी दिएका हुन ।

सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिएको  राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो।

प्रकाशित: १७ भाद्र २०८१ २१:१३ सोमबार