शिक्षा

सरकारलाई नेपालको सुझाव : शिक्षामा माफियाको षडयन्त्र छ,गम्भीर हुनुपर्छ

प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरूको षड्यन्त्रप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित वृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारलाई सो सुझाव दिएका हुन  । अध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरूमा सुधार ल्याउने र त्यसबाट रोजगारीको अवसर सृजना गर्ने कुरामा सरकार र सम्बद्ध सबै निकायले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

उनले विश्वविद्यालयहरूलाई पनि समय सीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्ने र त्यसलाई जिम्मेवार भएर कार्यान्वयन गर्न पनि सचेत गराए । विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालय तहको शैक्षिक कार्यक्रमलाई विद्यार्थीहरूको हित अनुकूल हुने गरी अघि बढाउनका लागि सरकार र सम्बन्धित पक्षसँग बृहत् छलफल गर्नुपर्ने अध्यक्ष नेपालले बताए । उनले शैक्षिक प्रणालीमा सुधार र दक्ष जनशक्ति निर्माणमा शिक्षण संस्थाहरूले जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए ।

अध्यक्ष नेपालले सरकारी नीति र कानुनमा रहेका त्रुटिहरूलाई हटाएर पनि मुलुकमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न लाग्नुपर्ने बताए । 

प्रकाशित: १५ भाद्र २०८१ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App