शिक्षा

इन्जिनियरिङ एसोसिएसनको निर्वाचन भदौ २८ गते

लोकतान्त्रिक समूहबाट अध्यक्षमा बराल र महासचिवमा पण्डित

इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसिएसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले उम्मेदवार टुंगो लगाएको छ। भदौ २८ गते हुने ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको हो।

इञ्जिनियर सुवास चन्द्र बरालको नेतृत्वमा प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव रहने गरि लोकतान्त्रिक समूहले प्यानल घोषणा गरेको छ । अध्यक्षका उम्मेदवार चितवन निवासी बराल २ दशकदेखि उर्जा क्षेत्रमा सक्रिय रहँदै आएको र  पण्डित सिडेनका पूर्व महासचिव समेत रहेको उपाध्यक्षका उम्मेदवार केसीले जानकारी दिए। 

केसीका अनुसार लोकतान्त्रिक समूहबाट उपमहासचिव अनिल मानन्धर, कोषाध्यक्ष सुमन थापा र सह कोषाध्यक्ष कृष्णप्रसाद पोखरेल छन् । सदस्यहरूमा यम कृष्ण पौडेल, प्रभुराम पोखरेल,एमेन्द्र गुरुङ,अनिल पौडेल, संजय कुमार साह, नेत्र प्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी,विक्रम कुमार दास, प्रियंका गुप्ता र जय किसुन राय छन् । इन्जिनियरिङ एसोसिएसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो।

प्रकाशित: ३२ श्रावण २०८१ २०:२९ शुक्रबार

#Engineering Association #Center for Democratic Engineers Nepal (SEDEN)