शिक्षा

एसईईको पूरक परीक्षा आजदेखि सुरु

फाइल तस्बिर

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदैछ। बिहान ११ बजेदेखि सुरु हुने परीक्षा दिउँसो २ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

पूरक परीक्षामा २ लाख ८ हजार ९ सय ३ जना सहभागी हुने परीक्षाका लागि ५५० केन्द्र तोकिएका छन्। परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ। 

सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ। तर, परीक्षाफल रद्द भएकाहरुले भने पूरक परीक्षा दिन पाउने छैनन्।

राष्ट्रिय परीक्षा बोर्डले ०८० चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा १३ असारमा सार्वजनिक गरेको थियो।

प्रकाशित: २३ श्रावण २०८१ ०८:५७ बुधबार

#SEE Exam