शिक्षा

तेस्रो मेगा अस्ट्रेलिया शैक्षिक मेला सुरु

काठमाडौं – वानअप प्रालीको आयोजनामा आजदेखि तेस्रो मेगा अस्ट्रेलिया शैक्षिक मेला २०७४ सुरु हुँदैछ।

वर्तमान परिवेशमा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्तिको विषयमा सूचना प्रवाह गर्ने उद्देश्यले आयोजना गरिने मेला शुक्रबार र शनिबार दुई दिन होटेल अन्नपूर्णमा हुँदैछ। मेलामा उत्कृष्ट कलेज र विश्वविद्यालय एवं कन्सल्टेन्सी गरी ३० भन्दा बढी संस्थाको सहभागिता हुने आयोजकले जनाएका छन्।

मेलामा विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधिले छात्रवृत्तीसम्बन्धी जानकारी, आइइएटिएसमा उच्चअंक प्राप्त गर्ने तरिका तथा करियरका बारेमा जानकारी गराइने आयोजकले जनाएको छ। ब्रिटिस काउन्सिल प्रस्तुतकर्ता रहेको मेलामा विद्यार्थीले अस्ट्रेलियाका उत्कृष्ट कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीबारेमा विस्तृत जानकारी पाउँनेछन्। मेलामा विद्यार्थी तथा अभिभावकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

शैक्षिक मेलालाई एजुकेसन पार्कसँगै हार्बर कलेज अस्ट्रेलिया, असस्टडिज, एआइपी एजुकेसन कन्सल्टेन्सी, इ–प्लानेट एजुकेसन, काठमाडौं इन्फोसिस, ओली एण्ड एसोसिएट्स, प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी र क्विन्सफोर्ड कलेज अस्ट्रेलिया रहेका छन्। मेलाको प्रायोजकमा डाइनामिक युनिभर्स, हब इन्टरनेसल, एक्सेस एजुकेसन नेटवर्क, एइंग्लोवल, अल्फाबिटा, बुम¥याङ इन्टरनेसनल, चिसम इन्स्टिच्युट, एक्सपर्ट एजुकेसन, ग्रेस इन्टरनेसनल, मेट्स एजुकेसन, नोबेल एजुकेसन, पाथफाइन्डर इन्टरनेसनल एजुकेसन, पिक्सर एजुकेसन, द–नेक्स्ट, युनिक्याम्पस र वाइडरेन्ज इन्टरनेसनल रहेका छन्। फेयरको आइटी पार्टनरमा कम्युनिकेट मिडिया रहेको छ।

प्रकाशित: १६ चैत्र २०७४ ०१:३१ शुक्रबार

तेस्रो मेगा अस्ट्रेलिया शैक्षिक मेला सुरु