शिक्षा

काठमाडौँ महानगरले माग्यो कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन

काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन माग गरेको छ।

महानगरपालिकाले आफू मातहतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन माग गरेको हो।

महानगरले शुक्रबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन माग गरेको छ। महानगरले परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने पनि बताएको छ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहु वैकल्पिक वस्तुगत प्रश्न हुने समेत महानगरले जानकारी दिएको छ। 

 

प्रकाशित: १४ असार २०८१ १३:४४ शुक्रबार

#Kathmandu Metropolitan City Ward No. 8 #Scholarships