शिक्षा

‘सिटीईभिटी’ को विशेष मौका परीक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम  परिषद्(सिटीईभिटी) ले २०७२/७३ सम्म रजिस्ट्रेसन कायम भएका डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीका विद्यार्थीलाई विशेष मौका परीक्षाको अवसर दिने भएको छ।  

सेमेस्टर प्रणाली अन्तर्गतका प्रथम वर्ष प्रथम खण्ड/दोस्रो खण्ड,  दोस्रो वर्ष प्रथम खण्ड/दोस्रो खण्ड तथा तेस्रो वर्ष प्रथम खण्ड÷दोस्रो खण्ड  तथा वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विभिन्न कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको अन्तिम परीक्षामा अनुत्तीर्ण भएकाले परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालय  सानोठिमीले जनाएको छ।  

त्यसैगरी प्रि–डिप्लोमा तहको हकमा शैक्षिक सत्र २०६५/०६६ देखि २०७४/७५ सम्म रजिस्ट्रेसन कायम भई पाठ्यक्रमले निर्धारण गरेको समयावधिभित्र परीक्षा दिई अनुत्तीर्ण भएका विद्यार्थीहरूको विशेष मौका परीक्षा काठमाडौँ उपत्यकामा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ।  

यसका लागि २०८० माघ २४ गतेभित्र नियमित शुल्कमा र २०८० साल फागुन ३ गतेभित्र विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने म्याद तोकिएको छ। सम्बन्धित शिक्षण संस्थाहरूले अनिवार्यरुपमा विद्यार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई परिषद्को सम्बन्धित प्रदेश कार्यालयहरूमा बुझाउन हुन परिक्षा नियन्त्रण कार्यालयले अनुरोध गरेको छ।  

प्रकाशित: १० माघ २०८० ०५:०९ बुधबार

प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद् सिटीईभिटी रजिस्ट्रेसन डिप्लो शैक्षिक सत्र