शिक्षा

शिक्षक सेवा आयोगले निकाल्यो अन्तर्वार्ताको नतिजा

नेपाल शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।

आज एक सूचना प्रकाशित गर्दै आयोगले गत पुस २२ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको जनाएको छ।

आयोगले शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कका आधारमा बागमती प्रदेश विज्ञान, गणित–विज्ञान र कोशी प्रदेशको गणित–विज्ञान विषयमा सफल भएका उम्मेदवारहरूलाई स्थायी नियुक्ति सिफारिसका लागि योग्यता क्रम सहितकाे नतिजा आयोगको गत २ गते को निर्णय अनुसार प्रकाशन गरेको छ। 

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको वेबसाइटको नतिजामा  गई सात दिन भित्र हेर्न सकिने जनाएको छ।

प्रकाशित: ४ माघ २०८० ०२:०९ बिहीबार

नेपाल शिक्षक सेवा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक शिक्षक