शिक्षा

कसलाई के धन्दा, त्रिवि छापाखानालाई ‘झुरा कागज’ को चिन्ता

त्रिभुवन विश्वविद्यालयका अनेकन् समस्या छन्। पदको लडाइदेखि पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डाले मुलुककै जेठो विश्वविद्यालय आक्रान्त छ। यहीमा त्रिवि छापाखानालाई भने ‘झुरा कागज’ टाउको दुखाई भएको छ। महिनौँदेखि थुप्रिएको ‘झुरा कागज’ त्रिविको टाउको दुखाई भएको छ।

आज त्रिवि छापाखानाले एक सूचना प्रकाशित गर्दै एसएमएस रिसाइक्लिङ्ग प्रालिको नाममा स्पष्टीकरण पेस गर्न  माग गरेको छ। महिनौँदेखि झुरा थुप्रिएपछि छापाखानाका दैनिक कार्य सञ्चालनमा असहज परिस्थिति उत्पन्न भएको छ। ती झुरा कागज समयमै नउठाएको भन्दै त्यसको जिम्मा लिएको कम्पनीसँगको सम्झौता नै खारेज गर्ने चेतावनी दिइएको छ।

झुरा कागज बिक्रीको सम्झौता भैसकेको अवस्थामा पटक–पटक झुरा कागज उठाउन आउन फोनबाट सम्पर्क गर्दा समेत सम्पर्कमा नआएकाले सम्झौता बमोजिम धरौटी जफत गरी सम्झौता भङ्ग किन नगर्ने,’ त्रिवि छापाखानाले सूचनामा एसएमएस रिसाइक्लिङ्ग प्रालिलाई चेतावनी दिएको  छ, ‘नगर्नु पर्ने कुनै कारण भए ७ दिन भित्र कारणसहित स्पष्टीकरण पेस गर्न जानकार दिइन्छ।’

त्रिवि छापाखाना र रिसाइक्लिङ्ग प्रालिबीच झुरा कागज बिक्रीसम्बन्धी सम्झौता भएको थियो। तर ७ दिनको म्याद दिएर झुरा कागज उठाउने ब्यहोरासहितको पत्र पठाउँदा समेत वास्ता नगरेपछि छापाखानाले यस्तो चेतावनी दिएको हो।

प्रकाशित: २४ पुस २०८० ०४:४७ मंगलबार

त्रिभुवन विश्वविद्यालय पदाधिकारी नियुक्ति राजनीतिक भागबन्डा स्पष्टीकरण रिसाइक्लिङ्ग एसएमएस रिसाइक्लिङ्ग प्रालि