शिक्षा

‘इन्जिनियरिङका विद्यार्थी विदेश जानु पर्दैन’

इन्जिनियरिङसँग सम्बन्धित विज्ञहरूले इन्जिनियरिङका विद्यार्थी विदेश जान नपर्ने बताएका छन्। उनीहरुले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो स्कोप रहेको बताए।

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरबाट  सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको पढाई पूरा गरेका विद्यार्थीको बिदाइको अवसरमा गरिएको कार्यक्रममा उनीहरुले हरेक हिसावले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो रहेको बताए। 

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा राजेश ठकुराठीले मेहनतका साथ काम गरे इन्जिनियरिङहरूलाई नेपालमै राम्रो रहेको बताए । इन्जिनियरिङका विद्यार्थीलाई विदेश नै गएर काम गर्नुपर्छ भन्ने नभएको भन्दै उनले नेपालमै पनि राम्ररी काम गरेका धेरै इन्जिनियरहरू रहेको उदाहरण दिए।

नेपाल इन्जिनियरिङ परिषद्का उपाध्यक्ष डा विकास अधिकारीले नेपाली इन्जिनियरहरूलाई नेपालमै प्रशस्त सम्भावना भएको सुनाए।तपाइहरू विदेश जानु पर्दैन कोही पनि, उनले भने, नेपालमै धेरै स्कोपहरू छन्।अव नेपालमै ठूल्ठूला प्रोजेक्टहरू सञ्चालन गर्नुपर्ने र त्यसमा हजारौँ इन्जिनियरहरू आवश्यक रहेको उनको भनाई थियो।

कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजबाट बिदा भएका विद्यार्थीको वास्तविक परीक्षा बल्ल सुरु भएको बताए।उनले त्यो परीक्षामा पास गर्न मेहनत र इमानदारिता आवश्यक भएको बताए।विद्यार्थी नै कलेजको ब्रान्ड एम्वेसडर भएको भन्दै उनले आचारसंहितामा रहेर काम गर्न निर्देशन दिए।

परिषद्को तथ्याङ्क अनुसार परिषद्मा देशभर ७८ हजार इन्जिनियरहरू छन्।तीमध्ये आधी भन्दा बढी इन्जिनियरहरू विदेशमा रहेको अनुमान छ।देशभरबाट वर्षमा आठ हजारको हाराहारीमा इन्निनियरहरु उत्पादन हुने तथ्याङ्क छ।

 

प्रकाशित: २० पुस २०८० १२:१३ शुक्रबार

‘इन्जिनियरिङका विद्यार्थी विदेश जानु पर्दैन’ नेपाल इन्जिनियरिङ कलेज (नेक) नेपाल इन्जिनियरिङ परिषद्का उपाध्यक्ष डा विकास अधिकारी पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा राजेश ठकुराठी प्राचार्य दुर्गाप्रसाद भण्डारी