ललितपुरको कुपडोलस्थित द वेस्टमिन्स्टर कलेज (टीडब्लूसी) ले चार वर्षे बीएससी (अनर्स) कम्प्युटर साइन्स तथा बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिक्स विषयको पढाइ सञ्चालन गरिरहेको छ।
बेलायतको युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्बन्धनमा सञ्चालित यस कलेजले नेपालमा सबैभन्दा सर्वसुलभ शुल्कमा बेलायतको डिग्री प्रदान गर्दै आइरहेको कलेजका प्रिन्सिपल अरुणलाल जोशीले बताए।
उनले बीएससी (अनर्स) कम्प्युटर साइन्स तथा बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिक्समा पछिल्लो समयमा धेरै जनशक्ति माग भइरहेको विषय भएको उल्लेख गरे।यसमा आर्टिफिसियल इन्टिलिजेन्स, डेटा साइन्स, वेभ इन्जिनियरिङ, साइबर सेक्युरिटी जस्ता क्षेत्रको भविष्य अझै बृहत् हुने उनको भनाइ थियो।
सूचना प्रविधिको बढ्दो मागलाई पूरा गर्नको लागि द वेस्टमिन्स्टर कलेजले यिनै विषयहरूको अध्यापन गराइरहेको उनले जानकारी दिए।
उनले भने, ‘हामी डिजिटाइज संसारमा निर्भर भइरहेकोले सुरक्षा जोखिम पनि उत्तिकै छ। त्यसैले हाम्रो टिचिङ लर्निङ पद्धतिले ग्राजुयटहरु नेपाली बजार मात्रै नभई अन्तर्राष्ट्रिय प्लेटफर्ममा काम गर्न सक्षम छन्।’
नेपालको शिक्षा पद्धति सैद्धान्तिक धारमा धेरै फोकस भएको उल्लेख गर्दै उनले द वेस्टमिन्स्टर कलेजले प्रयोगात्मक शिक्षण विधिमा बढी जोड दिने बताए।
प्रकाशित: ९ पुस २०८० ०९:५३ सोमबार