शिक्षा

शिक्षक सेवा आयोगले माग्यो माध्यमिक तहका शिक्षक

शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक पदका लागि आवेदन आह्वान गरेको छ।

आयोगले आज एक सार्वजनिक सूचना जारी गर्दै माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि आवेदन आह्वान गरेको हो।

शिक्षक पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आव्हान गरेको जनाएको छ।  

आयोगले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिन आग्रह गरेको छ।

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको जनाइएको छ।

प्रकाशित: ८ पुस २०८० ०१:४५ आइतबार

शिक्षक सेवा आयोग शिक्षक पद तृतीय श्रेणी