शिक्षा

विद्यालयमा अनुशासन इन्चार्ज नराख्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ।

शुक्रबार महानगरले एक सूचना निकाल्दै  विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको हो।  

'विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएको छ।' सूचनामा उल्लेख छ। 

प्रकाशित: ६ पुस २०८० १२:३५ शुक्रबार

काठमाडौं महानगरपालिका अनुशासन इन्चार्ज