शिक्षा

विदेशमा कार्यक्रम बिस्तार गर्दै केयू

काभ्रेस्थित नमोबुद्ध बुद्धष्टि मेडिटेसन शिक्षा केन्द्र र हङकङमा अवस्थित थाङ्ग्रा वज्रयाना बुद्धष्टि मेडिटेसन  केन्द्र बिच आगामी फेब्रुअरी २०२४ देखी बुद्धिष्ट अध्ययनका प्राज्ञिक कार्यक्रम चलाउने गरी  दुई समझदारी पत्रमा हस्ताक्षर भएका छन्।

यी संस्थाबिच भएको समझदारी पत्र (विमेमोरेन्डम अफ अण्डरस्ट्याण्डङ्गि) मा विश्वविद्यालय ग्लोबल इन्गेजमेन्ट डिभिजनका कायममुकायम निर्देशक डा उद्वव प्याकुरेल र नमोबुद्धस्थित  गुम्बाका प्रतिनिधि खेन्पो चोंङ्गीले हस्ताक्षर गरेका हुन्। प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा भएको अर्को सम्झौता डेफनिटिसि एग्रीमेन्ट मा स्कुल अफ आर्ट का कायममुकायम डिन सुश्री एक्कामाया पुन र हङ्गकङ्ग स्थित थाङ्ग्रा बुद्धष्टि मेडिटेसन केन्द्रका निर्देशक सुम्पो लामा दावा हिटीले हस्ताक्षर गरेका छन्।

उपकुलपति प्रा.डा. भोला थापा, विश्वविद्यालय सल्लाहकार प्राध्यापक पन्ना थापा, योजना विभागका कायममुकायम निर्देशक डा. बिराज थापा, डा. राम लामा लगायतको उपस्थितिमा नमोबद्धमा आयोजित उक्त हस्ताक्षर तथा सम्झौता आदानप्रदान गरेका हुन्।

सम्झौतासँगै काठमाडौँ विश्वविद्यालये आफ्ना कार्यक्रम हङकङमा सुरु गर्ने वातावरण तयार भएको विश्वविद्यालय प्रवक्ता तथा डिन सुश्री पुनको भनाई छ। विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य अनुरूप वर्तमान उपकुलपति प्रा  डा भोला थापाले पदभार ग्रहण गरेसँगै आफ्ना कार्यक्रम देश बाहरिका सहरमा पन लैजाने वातावरण तयार गरिरहेकोमा गत अगस्त महिना देखि काठमाडौं विश्वविद्यालयको स्नातक तहको योगकी साइन्स एन्ड बेल वइिङ्गको कार्यक्रम भारतको तिरूपतिमा  सुरु गरेको  र आगामी फेब्रुअरीबाट अस्ट्रेलियाको सिड्नीमा पनि शैक्षिक कार्यक्रम सुरु गर्ने गरी अगाडी बढिसकेको विश्वविद्यालय उपकुलपति थापाले जनाए।

प्रकाशित: २२ मंसिर २०८० ०८:११ शुक्रबार

नमोबुद्ध बुद्धष्टि मेडिटेसन शिक्षा केन्द्र