शिक्षा

व्यवाहारिक ज्ञानले बुझ्न  र सिक्न सजिलो

काठमाडौं – सधै कक्षाकोठामा किताब समाएर पढ्दा पढ्दा दिक्क बनेका विद्यार्थीहरुलाई शुक्रबार भने छुटै अनुभव भयो । ललितपुरको हात्तिबनमा रहेको लिटिल एन्जल स्कुलमा शुक्रबार पुग्दा कक्षा ८ का विद्यार्थीहरु एक हलमा बसेर भारतिय रोवोटिक्स विज्ञहरुले रमाइलो गरि सिकाएको विषयबस्तुहरु निकै रुचिसाथ सिकिरहेको भेटिए । अन्य दिनको भन्दा शुक्रबार विद्यालयको महौलै छुटै थियो। 

ब्रेनविभका भारतकालागि  क्षेत्रिय निर्देशक मयंक गुप्ता र नेपालकालागि क्षेत्रिय निर्देशक रेनिस रौनियारले विद्यार्थीहरुलाई विश्व प्राविधिसँग जोड्न उनीहरुलाई रोवट बनाउन लगाए ।  करिब तीन सय भन्दा बढी हाराहारीमा उपस्थित रहेका विद्यार्थीहरुको समुहले आ–आफनो समुहनै बनाएर निर्देश रौनियार र गुप्ताले दिएको डिभाइसमा तार तथा अन्य मेसिहरु जोडेर रोबटनै बनाएर  चलाए। 

विद्यार्थीहरु आ–आफनो समुमा रोवट बनाएर चलाएपछि तालि बजाएर खुशिनै साटे। कक्षा ८ की निभा प्रधान र तनु रानाले सधै कक्षाकोठामा बसेर किताबी कुराहरु मात्र पढ्दा बाक्क लागेको अवस्थामा शुक्रबार साथीहरुको समुहमा बसेर अन्तरक्रियात्मक कक्षामा उपस्थित हुन पाउँदा रमाइलो अनुभव भएको सुनाए। 

‘रोवर्टबारे कक्षाकोठामा सरमिसहरुले किताबमा पढाउनु भएको थियो,’तनुले सुनाइन्‘तर रोवर्टमा कुन मेसिनले कसरी काम गर्छ भन्ने विषयबस्तुहरु मयंक सरले सिकाएपछि बल्ल बुझै ।’

निभा प्रधानले भने रोवर्ट अपरेट गर्न सिकेको बताइन् । ‘हामी मन्छे जस्तै रोवटमा पनि ब्रेन हुँदो रहेछ तर फरक यति हो कि रोवटलाई माइक्रो रिमोटले कन्ट्रोल गर्नू पर्छ ।’

जिया बल्लभले आफेले रोवटको ब्रेनको र मान्छेको ब्रेनको विच फरक बारे बुझेको जनाइन् । ‘सरहरुले निकै रमाइले र अभिनयात्मक तरिकाले कक्षामा सिकाउँदा निकै रोचक भयो हाम्रो कक्षा,’जियाले भनिन्‘रोवट बनाएरै सिक्दा किताबमा पढेको भन्दा छिटो बुझिन्दो रहेछ ।’

कक्षा ८ कै नवदित रेग्मीले रोवटमा विश्व ‘रोवट के हो कसरी काम गर्छ भन्ने विषयबस्तु शुक्रबारको विज्ञहरुको कक्षाबाट स्पष्ट बुझिएको बताए ।‘अझ सरहरुले हामीलाईलाइनै पहिले पावर प्वाइन्टबार बुझाएर लेखाएर अनि पछि फेरि रोवटका मेसिहरु दिएर बनाउन लगाउनु भयो,’नवदितले सुनाए‘आफैले रोवटको मेसिहरु फिट गर्दा कसरी काम गर्दो रहेछ जाने।’

एसियाका विद्यालयहरूमा विशेष गरी विद्यार्थीहरुलाई कक्षाकोठा भित्रनै सीमित राखिने गरेकोले गर्दा विद्यार्थीहरू विज्ञान तथा प्रविधि क्षेत्रमा निकै पछाडि परेको मयंकले बताए  । उनले कक्षाकोठामा अन्वेषणपूर्ण धारणाको कमीले गर्दा विज्ञान ,प्रविधि, इन्जिनियरिङ र गणितमा विद्यार्थीहरू निकै पछि परेको अनुभव सुनाए। 

‘टेक्नोलोजीको दुनियामा हामी निकै पछाडि छौं,’मयंकले भने ‘यसमा अगाडि बढ्नको लागि विद्यार्थीहरूलाई सहभागिता गराइनु आवश्यक छ।’

दिमागमा भएको सोचलाई थुपारेरमात्र होइन गरेर देखाउनकोलागि नानीहरूलाई ब्यवहारमा उतार्ने खालको  शिक्षानै दिनु पर्ने नेपालका लागि क्षेत्रिय निर्देशक रेनिसले बताए। 

लिटिल एन्जल स्कुलकी शिक्षिका इन्दु शर्माले हरेक स्कुलमा विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने वर्कसपहरू हुनु पर्ने सुझाइन् । उनले यस्ता वर्क सपहरुले नानीहरुलाई रिफ्रेसमेन्ट गर्ने पनि बताइन् । ‘बच्चाहरुले कक्षामा किताबमा पढेका विषयबस्तुहरु आजको वर्कसपमा ब्यवहारमा उतार्न  पाएका छन्’,समाजिक शिक्षाका शिक्षिका शर्माले भने‘किताबमा रोवर्टबारे विद्यार्थीले पढेकै भएपनि रोवट कसरी बन्छ,कासरी काम गर्छ र केके उपकरणहरु प्रयो हुनेबारे ब्यवहारिक रुपमा जान्न पाएर उत्साहित बनेका छन्।’ उनले विद्यार्थीहरुले नयाँ मान्छेहरुसँग सिक्न पाउँदा अन्तरक्रियात्मक हुने र उत्साहित समेत बनेको उनको अनुभव छ। 

प्रकाशित: २ मंसिर २०७४ १०:३७ शनिबार

व्यवाहारिक ज्ञानले बुझ्न  सिक्न