शिक्षा

९ दिनदेखि माइतिघरमा वैशाखीको साहाराले उभिएका छन शिक्षक यादव

विगत ९ दिनदेखि राहत, बाल विकास, पेन्सन वञ्चित, विद्यालय कर्मचारीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।  

सोहि आन्दोलनमा समावेश छन फरक क्षमताका शिक्षक धर्मेन्द्र यादव। यादव रौतहटको गरुडा नगरपालिका वडा नं ४ स्थित अनाथालय आधारभुत विद्यालयमा अध्यापन गराउँछन्।

विगत ९ दिनदेखि आन्दोलनरत शिक्षकहरुको भिडमा छन् धर्मेन्द्र यादव। यादवको दैनिकी अहिले काठमाडौंको चर्को घाममा माइतिघरदेखि बानेश्वरसम्म पुग्नु र बानेश्वरदेखि माइतिघरसम्म आउनु बनेको छ। तर उनको आश भने मरेको छैन।

आन्दोलनको क्रममा बुधवार प्रहरीले लाठीचार्ज गरेको थियो। जसबाट राहत शिक्षक ताप्लेजुङका जिल्ला अध्यक्ष  रमेश प्याकुरेल, रुकुम पश्चिमकी बाल विकास शिक्षक निर्मला वली, शर्मिला पुरी, शर्मिला सुवेदी, राहत शिक्षक रेजिना कुवर, नन्दा खडका, जीवन तिमिल्सेना, सूर्यबहादुर शाही, दुर्गा पोखरेल, प्रेम दाहाल लगायत घाइते भएका थिए।  

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै शिक्षकहरू आक्रोशित बनेका हुन् । उनीहरूले शिक्षकहरूसँग वार्ता गरेर माग सम्बोधन गर्नुको साटो प्रहरी लगाएर राज्यले दमन गर्न खोजेको आरोप लगाएका छन्।  

गत असोज २ गतेदेखि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी, करार, बाल विकास, विद्यालय कर्मचारी लगायतले आन्दोलन थालेका थिए। आन्दोलनको तेस्रो दिन सरकार र महासंघबीच ६ बुँदे सहमति भएको थियो। उक्त सहमति प्रति असहमति जनाउँदै ५ वटा शिक्षक तथा कर्मचारीका सङ्घ संस्थाले आन्दोलनलाई नै निरन्तरता दिँदै आएका छन्।

प्रकाशित: ११ आश्विन २०८० १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App