शिक्षा

आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता सुरु

सरकार र आन्दोलनरत शिक्षकबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारी टोली र शिक्षक महासंघका प्रतिनिधिसँग केहि समय अघिबाट औपचारिक वार्ता सुरु भएको हो।

वार्तामा अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्रीसहित ती मन्त्रालयका सचिवहरु छन्।

यस्तै महासंघको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन्।

सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित भएर आन्दोलन गरिरहेका छन्। 

प्रकाशित: ४ आश्विन २०८० १३:३४ बिहीबार

आन्दोलनरत शिक्षक विद्यालय शिक्षा विधेयक