शिक्षा

शिक्षामन्त्रीसँग वार्ता गर्न चाहेनन् शिक्षकहरूले, वार्ताको जिम्मा गृहमन्त्रीलाई

फाइल तस्बिर

आन्दोलनमा उत्रेका शिक्षकहरुसँग वार्ता गर्न सरकारले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता नगर्ने अडान लिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वार्ता गर्ने जिम्मा दिइएको जानकारी गराएका हुन्।

बिहान एक चरणमा छलफल भइसकेकाले आजै बेलुका अर्को चरणमा छलफल हुने उनले बताए। वार्तामा सरकारले गरेको सहमति कार्यान्वयन गरेरै छाड्ने उनले बताए।

प्रकाशित: ४ आश्विन २०८० ११:३० बिहीबार

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का गृहमन्त्री नारायणकाजी श्रेष्ठला