शिक्षा

विदेशमा आवासीय बसोबासका लागि निवेदन दिए शिक्षकको जागिर जाने

फाइल तस्बिर

सरकारले शिक्षासम्बन्धी विधेयकमा विदेशी मुलुकको आवासीय अनुमतिको निवेदन दिएको प्रमाणित भएमा शिक्षकको जागिर जाने व्यवस्था गरेको छ।

प्रतिनिधिसभामा बुधबार दर्ता गरेको शिक्षासम्बन्धी विधेयकमा विदेशी मुलुकको आवासीय अनुमतिको निवेदन दिएको प्रमाणित भएमा शिक्षकको जागिर जाने व्यवस्था गरेको हो।

प्रस्तावित शिक्षा विधेयकको दफा ८८ मा शिक्षकहरुलाई पदबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ।  उक्त दफाको उपदफा १ मा (१) पदबाट हटाउने ११ वटा प्रावधान समेटिएको छ।

उपदफा २ मा भने भविष्यमा सरकारी सेवाका लागिसमेत अयोग्य हुनेगरी बर्खास्त गर्ने तीनवटा बुँदा समेटिएका छन्। 

भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्थ गर्ने उपदफा २ को (ख) मा भनिएको छ, 'विदेशी मुलुकको आवासीय अनुमति लिएको वा सो को लागि आवेदन दिएको प्रमाणित भएमा।'  

प्रकाशित: २७ भाद्र २०८० १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App