शिक्षा

स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी नगरपालिका

खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१  जना स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ।

कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती शिक्षक खटाइने नगरपालिकाले जनाएको छ।  

खैरहनी नगरपालिकाका प्रमुख  शशिकुमार खनियाँले भने, “स्वयंसेवक शिक्षक परिचालनबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनेमा हामी विश्वस्त छौँ। ती शिक्षकले अन्य शिक्षकसरह हप्तामा कम्तीमा २८ कक्षा पढाउनुपर्ने हुन्छ।”

खैरहनीमा वि.सं. २०७६ यता विषयगत, कक्षागत र विद्यार्थी सङ्ख्या धेरै भएर शिक्षक अपुग भएको विद्यालयमा स्वयंसेवक शिक्षकलाई खटाउँदै आएको छ। नगरपालिकाको आन्तरिक आम्दानीबाट नै खर्च हुने गरी स्वयंसेवक शिक्षकको व्यवस्थापन गरिएको हो।

स्वयंसेवक शिक्षकका लागि यस वर्ष नगरपालिकाले ८८ लाख २५ हजार बजेट विनियोजन गरेको उनले जानकारी दिए । स्वयंसेवक शिक्षकको नियुक्ति पाउनेमा बालविकासतर्फ ११, प्राथमिक तह ९कक्षा १–५० का २५, आधारभूत तह ९कक्षा ६–८०मा गणित र विज्ञान विषयका चार र मावि तहको नेपाली विषयको एकजना रहेका छन्।

स्वयंसेवक शिक्षकका लागि आवेदन दिएका दुई सय ७२ मध्ये दुई सय ६८ जना सूचीकृत भएका थिए । यसमध्येबाट योग्यताक्रमका आधारमा ४१ जना छनोट गरिएको हो। सुत्केरी बिदा र वैदेशिक यात्रामा गएका बेला रिक्त हुने स्थानमा स्वयंसेवक शिक्षक नै खटाइने छ।

प्रकाशित: १२ भाद्र २०८० ०५:०४ मंगलबार

खैरहनी नगरपालिका स्वयंसेवक शिक्षक विषयगत दरबन्दी शशिकुमार खनियाँ