शिक्षा

वनविज्ञान अध्ययन संस्थान ५० वर्षमा, प्राक्टिकल र अनुसन्धानमा जाेड

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका वनविज्ञान अध्ययन संस्थान ५० वर्ष पुगेको अवसरमा विश्वविद्यालयका पदाधिकारीहरुले बुधबार अध्ययन संस्थानको डिन कार्यालय बल्लखुमा एक समारोह गरी स्वार्ण महोत्सव मनाए। साथै सोहि अवसरमा संस्थानको आफ्नै डिन कार्यालयको भवन पनि उद्घाटन भयो।

तर अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थी तथा अध्यापन गराउने प्राध्यापकहरुले वन जस्तो ब्यवहारिक विषयलाई पनि त्रिविले किताबी ज्ञानमा मात्र सीमित गरेकोले यो विषयको ५० वर्षको अवधिमा अनुसन्धान र प्राक्टिकल झनै खस्कन्दै गएको  औल्याए।

विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बासकोटाको चार वर्षे सेवाअवधि सकिन अब तीन महिनामा मात्र बाकी भएको अवगत गराउँदै प्राध्यापकहरुले सकेसम्म यस विषयलाई पूर्ण प्राक्टिकल बनाउन सहयोग गर्न समेत आग्रह गरे।

बासकोटाले वन आफैमा नवीकरणीय प्राकृतिक स्रोत भएकोले यो विषय पूर्ण रुपमा प्राक्टिकल हुनु पर्ने तर संस्थानले चार वर्षे कोर्ष पढाएर मात्र पूरा गर्ने अवस्था रहेको गुनासो गरे। वन विज्ञान अध्ययन हेटौडा क्याम्पसका स्ववीयु सभापति समेत रहेका कँडेल हेटौडा क्याम्पसमा बिएस्सी फररेष्ट्र विषय अध्ययनरत छन्। ‘जियोलोजी विषयमा शिक्षक नभएर विद्यार्थीको शैक्षिक टुर नभएको लामो समय भइसक्यो। साहयक क्याम्पस प्रमुख पद रिक्त भएकै कारण प्राज्ञिक गतिविधि ठप्प बनेको छ,’ सभापति कँडेलले सभामा संस्थानको समस्या अवगत गराए ‘हाम्रो संस्थानले काठमाडौंमा डिन कार्यालयको आफ्नै नयाँ भवन प्राप्त गरेको खुशी छ भने अर्को तर्फ हेटौंडा क्याम्पसमा ब्यवस्थापन समीति नभएको कारण शैक्षिक कार्यक्रम प्रभावित बनेको छ। यसले वन विज्ञानको प्राक्टिकल र अनुसन्धानको कार्य हुन सकेको छैन।’

संस्थानका पूर्व प्रा.डा ऋदिशकुमार पोखरेलका अनुसार संस्थापन स्थापनाको सुरुका केहि वर्षहरुमा संस्थानले ब्यवहारिक र अनुसन्धानमुलक शिक्षा दिनुको साथै विद्यार्थीको शारीरीक फिटनेसमा समेत ध्यान दिने गरेकोले वन विज्ञान विषय निकै ब्यवहारिक विषय बनेको थियो। तर हाल यो अवस्थानै छैन। संस्थानमा ३५ वर्ष अध्यापन सेवा गरेको प्राडा पोखरेलका अनुसार ०५८ सालसम्म विद्यार्थीहरु विहानै ८ बजेदेखिनै कक्षा सुरु हुन्थ्यो। दिउसो १२ बजेसम्म विभिन्न ब्यवहारिक कृयाकलाप हुने गरिन्थ्यो। ‘विहान ६ बजेदेखि विहान सात बजेसम्म एक घन्टाको समय विद्यार्थीको शारिरीक फिटनेसमा ध्यान हुन्थ्यो। पिटि खेलाइन्थ्यो। साँझ ५ –६ बजेसम्मको समय विभिन्न खेल खेलाइन्थ्यो,’ प्रा.डा पोखरेलले भने।

वश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बासकोटाले विश्वविद्यालयले प्राज्ञिक ब्यवस्थापन गर्न मुख्य रुपमा पठनपाठन,अनुसन्धान र सेवामा प्राथमिकता दिँदै आएको दाबी गरे। ‘पर्यावरण,जल , वायुपरिवर्तन र वातावरण वनसँग प्रत्यक्ष जोडिएका हुन्छन्,’ उपकुलपति बासकोटाले भने ‘भोलिका दिनमा तीनै विषयसँग जोडेर पाठ्यक्रम बनाउनु पर्यो ।अनि मात्र दक्ष र उद्यमसील जनशत्तिल वनका क्षेत्रमा उत्पादन गर्न सकिन्छ । पुवं ब्यवहारिक र अनुसन्धानमा आधारित वन विज्ञान शिक्षा बनाउन विश्वविद्यालयले सहयोग गर्न तयार छ।’ उनले आग्रह गरे ‘प्राध्यापकहरु पनि कार्यालय समयमा विश्वविद्यालयमा बसेर अनुसन्धान तर्फ लाग्नुस। पुर्ण सहयोग छ।’ उपकुलपति बासकोटाका अनुसार अनुसन्धानमा बजेट बृद्धि गरि १० करोड बनाइएको छ। तर आवश्यक अनुसारको अनुसन्धानकोलागि अझै प्रस्ताव आउन नसकेको उनले स्पष्ट पारे। समारोहमा स्वर्ण जयन्ती स्मारिका २०८० विमोचन गरिएको थियो भने पुराना र लामो समयसम्म सेवा गरेका पुर्व र वर्तमान प्राध्यापक तथा डिनहरुलाई सम्मान गरिएको थियो।  

प्रकाशित: ३२ श्रावण २०८० ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App