शिक्षा

कक्षा १२ को ग्रेडवृद्धिकाे परीक्षा असोज ६ र ७ मा हुने (सूचनासहित)

कक्षा १२ को पूरक परीक्षा (ग्रेडवृद्धि) असोज ६ र ७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गरी परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन दिन भनेको छ।

मंगलबार कक्षा १२ काे परीक्षााफल प्रकाशित भएकाे थियाे। जसमा ४९ प्रतिशतलेे ‘नट ग्रेडेड’ प्राप्त गरेका थिए। कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन्। बाँकी दुई विषयमा ‘नट ग्रेडेड’ प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुनसक्नेबोर्डले जनाएको छ ।  

बोर्डका अनुसार असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीका सबै विषयको परीक्षा हुनेछ। असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा हुनेछ।

हेर्नुहोस् बोर्डको सूचना–

प्रकाशित: ३१ श्रावण २०८० ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App