शिक्षा

बेथितिको अखडा बन्दै कृषि विश्वविद्यालय

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा विद्यार्थी संख्या न्यून हुँदै गएको छ। भएकै संकायमा विद्यार्थी भर्ना हुन सकेका छैनन्।

आंगिक कलेजमा विद्यार्थी संख्या निलसम्म भएको अवस्थामा विश्वविद्यालयले असार २६ गते बस्ने विश्वविद्यालय सभामा तीन जना परीक्षा सहनियन्त्रकको पद सिर्जना गरी विश्वविद्यालयमाथि आर्थिक भार थप्ने गरी प्रस्ताव लाने तयारी गरेको छ। जबकि विश्वविद्यालय ऐन २०६७ मा एक परीक्षा नियन्त्रक र एक परीक्षा सहनियन्त्रक हुने व्यवस्था छ। यस व्यवस्थाका विपरीत थप दुई पद सिर्जना गरी तीनवटै दलको भाग पुर्‍याउने गरी नियुक्तिको तयारी भएको भन्दै विश्वविद्यालयको कामकाबाहीलाई प्राध्यापकहरूले नै विरोध गरिरहेका छन् ।

यति मात्र होइन, विश्वविद्यालयको गुणस्तर खस्केर विद्यार्थीको आकर्षण कम हुँदै गएको अवस्थामा समेत विश्वविद्यालयका पदाधिकारीहरूले सेवा आयोग फेल भएकालाई विशेष आन्तरिकबाट स्थायी गराउने र उपप्राध्यापकको प्रवेश बिन्दुको शैक्षिक योग्यता विद्यावारिधि हटाउनेसम्मको प्रस्ताव सभामा लाने तयारी गरेका छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा विद्यार्थी संख्या न्यून हुँदै गएको छ। भएकै संकायमा विद्यार्थी भर्ना हुन सकेका छैनन्।

विश्वविद्यालयका पदाधिकारीहरूले विश्वविद्यालयको प्राज्ञिक उन्नयन र शैक्षिक गुणस्तर कायम गर्नुभन्दा पनि पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाउन विश्वविद्यालयलाई नीतिगत भ्रष्टाचारको अखडा बनाउँदै गएको भन्दै विश्वविद्यालयका प्राध्यापकहरूले विरोध जनाएका छन्।

विश्वविद्यालयका एक प्राध्यापकका अनुसार विश्वविद्यालयका नौ आंगिक कलेज र सात सम्बन्धन प्राप्तमा करिब पाँच हजार विद्यार्थी पनि मुस्किलले पुग्ने अवस्थामा विश्वविद्यालयका पदाधिकारीहरू प्राज्ञिक उन्नयन र शैक्षिक गुणस्तरमा ध्यान दिनुभन्दा पनि पार्टीका कार्यकर्ता भर्ती गर्न तीन सहनियन्त्रकको पद सिर्जना गर्नु लज्जास्पद विषय हो।

‘दैलेखको दुल्लुमा रहेको दैलेख कृषि क्याम्पसमा कृषि संकायमा विद्यार्थी यस वर्ष निल रहे तर हाम्रो विश्वविद्यालयले पाँच हजार पनि नहरेको अवस्थामा तीन वटा सहनियन्त्रक राख्ने कार्यकारी परिषद्बाट पास गराई विश्वविद्यालय सभामा प्रस्ताव पेश गर्ने तयारी गरेको छ,’ विश्वविद्यालयमा कार्यरत एक प्राध्यापकले नागरिकसँग भने, ‘विश्वविद्यालय सेवा आयोग पास गर्न नसकेका केही उपप्राध्यापक र कर्मचारीका लागि विश्वविद्यालयको नियम विपरीत पदाधिकारीहरूले कार्यकारीबाट आफू अनुकूल नीति बनाएर तिनै दलको भाग पुग्ने गरी विशेष आन्तरिक स्थायी गर्ने प्रस्ताव विश्वविद्यालय सभामा लानुले पदाधिकारीहरू नै विश्वविद्यालय ध्वस्त बनाउन लागेको प्रस्ट हुन्छ।’

उनले आक्रोश पोखे, ‘अझै विश्वविद्यालयमा दलको भाग पुर्‍याउने र फेरि पनि करार भर्ती गर्ने उद्देश्यसाथ विद्यावारिधिको प्रावधान समेत हटाउने प्रस्ताव लानु विश्वविद्यालयका लागि घातक हुन्छ।

त्रिभुवन विश्वविद्यालयजस्तो मुलुककै जेठो शैक्षिक संस्था जसले तीन लाखभन्दा बढी विद्यार्थीको भार बोकेको छ, त्यहाँ तीन सहनियन्त्रक हुने र पाँच हजार पनि विद्यार्थी नभएको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तीन सहनियन्त्रक दलकै भर्ती केन्द्र बनाउने दाउ भएको पूर्व उपकुलपति प्राडा इश्वरीप्रसाद ढकालको ठहर छ।

विश्वविद्यालयका एक प्राध्यापकका अनुसार विश्वविद्यालयका नौ आंगिक कलेज र सात सम्बन्धन प्राप्तमा करिब पाँच हजार विद्यार्थी पनि मुस्किलले पुग्ने अवस्थामा विश्वविद्यालयका पदाधिकारीहरू प्राज्ञिक उन्नयन र शैक्षिक गुणस्तरमा ध्यान दिनुभन्दा पनि पार्टीका कार्यकर्ता भर्ती गर्न तीन सहनियन्त्रकको पद सिर्जना गर्नु लज्जास्पद विषय हो।

उनी उपकुलपति हुँदा एक पटकलाई मात्र विशेष आन्तरिक स्थायीको प्रावधान राखिएको र अब त्यो कुनै पनि अवस्थामा कार्यान्वयन गर्न नमिल्ने स्पष्ट पारे। यस विश्वविद्यालयमा करार नियुक्ति बहुदलपछि २०६१/६२ तिरबाट लिन सुरु गरिएको उनले जनाए किनभने त्यतिखेर कृषि तथा वन त्रिविअन्तर्गत भएको र त्रिविमा यस्तै अभ्यास कायम रहेको उनको भनाइ छ।

त्यसपछि २०६५ सालदेखि २०६७ सालसम्म तीनै वटा दल काग्रेस, एमाले र माओवादीको भाग पुर्‍याउनका लागि फेरि करार नियुक्ति गरियो। यस बखत विदेशमा विद्यावारिधि उपाधि हाँसिल गरी नेपाल आएका प्राध्यापकहरूलाई फालेर दलका कार्यकर्ता भर्ती गरिएको विश्वविद्यालयकै प्राध्यापकहरूको भनाइ छ।

यति मात्र होइन, २०७१ मा समेत ११ शिक्षक फेरि करारमा नियुक्ति गरी तीन वटै दलका कार्यकर्ता भर्ती भए। यसरी २०७१/७२ मा अनि २०७५ तिर गरी दुई पटक विशेष आन्तिकबाट शिक्षक कर्मचारी स्थायी भएका छन्।

त्रिभुवन विश्वविद्यालयजस्तो मुलुककै जेठो शैक्षिक संस्था जसले तीन लाखभन्दा बढी विद्यार्थीको भार बोकेको छ, त्यहाँ तीन सहनियन्त्रक हुने र पाँच हजार पनि विद्यार्थी नभएको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तीन सहनियन्त्रक दलकै भर्ती केन्द्र बनाउने दाउ भएको पूर्व उपकुलपति प्राडा इश्वरीप्रसाद ढकालको ठहर छ।

‘बहुदल आएपछि करार भएकाहरूलाई गणतन्त्र आएपछि विशेष आन्तरिकबाट स्थायी मेरै पालामा गरियो। लामो समयसम्म विश्वविद्यालयमा सेवा गरेको भनेर एक पटकलाई मात्र विशेष स्थायी गरिएको थियो,’ पूर्व उपकुलपति ढकालले नागरिकसँग भने, ‘तर यो व्यवस्था पटक पटक कार्यान्वयन हुँदैन। यसले विश्वविद्यालयको गरिमा र शैक्षिक गुणस्तर नै खस्काउँछ।’

 विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक उन्न्यनका लािग खुला प्रतिस्पर्धाबाट योग्य र क्षमतावान प्राध्यापकहरूको प्रवेश विश्वविद्यालयभित्र हुनु अति आवश्यक छ भने अब विशेष आन्तरिक स्थायीलाई हटाउनु नै पर्ने उनको ठहर छ।

उनका अनुसार विश्वविद्यालयमा विद्यावारिधि शैक्षिक योग्यता भएका उपप्राध्यापको प्रवेश बिन्दुले विश्वविद्यालयभित्र उत्कृष्ट शिक्षा उपलब्ध गराउन र विश्वविद्यालयमाथिको आर्थिक भार पनि कम गर्ने लक्ष्य हो। स्नातकोत्तर पासलाई प्रवेश गराउँदा विश्वविद्यालयमा शिक्षकको स्थायित्व नहुने र उनीहरूलाई विद्यावारिधि गर्न विश्वविद्यालयले थप आर्थिक भार बोक्नुका साथै पठनपाठनमा पनि निरन्तरता हुँदैन।

‘उपप्राध्यापकको विश्वविद्यालयभित्र प्रवेश बिन्दु विद्यावारिधि गरिनुको मुख्य उद्देश्य नै विश्वविद्यालयको शैक्षिक गुणस्तर कायम गर्नु र पठनपाठनलाई निरन्तरता दिई स्थायित्व गर्नु हो। विद्यावारिधि हटाउँदा विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किन्छ,’ पूर्व उपकुलपति ढकालको भनाइ छ, ‘विश्वविद्यालयभित्र पहिल्यै नै दलगत स्वार्थ पूर्ती गर्न धेरै अनावश्यक पद सिर्जना गरी ९ वटा निर्देशनालय खडा गरिएको छ। निर्देशकहरू थुप्रिएका छन्। त्यसमाथि फेरि नयाँ पद सिर्जना गरी तीन परिक्षा सहनियन्त्रक नियुक्ति दलको कार्यकर्ता भर्ति नै हो। पाँच हाजार विद्यार्थीका लागि एक सहनियन्त्रक प्रयाप्त छन्।’

विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक उन्न्यनका लािग खुला प्रतिस्पर्धाबाट योग्य र क्षमतावान प्राध्यापकहरूको प्रवेश विश्वविद्यालयभित्र हुनु अति आवश्यक छ भने अब विशेष आन्तरिक स्थायीलाई हटाउनु नै पर्ने उनको ठहर छ।

विश्वविद्यालयकी रजिस्ट्रार प्राडा शारदा थपलियाले विशेष आन्तरिक स्थायीबारे पुष्टि गर्दै उनले तीन वर्ष विश्वविद्यालयमा सेवा गरेकालाई विशेष स्थायीको प्रस्ताव कार्यकारीले पास गरेको स्पष्ट पारिन्।

‘असार २६ गते बस्ने विश्वविद्यालय सभामा तीन वर्ष कार्यअवधि पूरा गरेकालाई विशेष आन्तरिक स्थायी गर्ने एजेन्डा छ। साथै ९ आंगिक कलेज र ७ सम्बन्धन प्राप्त कलेज गरी हामीसँग करिब ५ हजार विद्यार्थी रहेकाले तीन परिक्षा सहनियन्त्रकको प्रस्ताव पनि छ,’ रजिस्ट्रार प्राडा थपलिया भन्छिन्, ‘विश्वविद्यालयको प्राज्ञिक उन्नयनका लागि सकेसम्म खुला प्रतिस्पर्धा नै उचित हो तर अनुभवी शिक्षक पनि उतिकै आवश्यक हुन्छ ।’  

प्रकाशित: २५ असार २०८० ०३:१३ सोमबार

बेथितिको अखडा बन्दै कृषि विश्वविद्यालय आंगिक कलेजमा विद्यार्थी संख्या निल