शिक्षा

उपप्राध्यापक प्रेमबहादुर चलाउनेले तोडे अनसन

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले अनसन तोडेका छन्।

सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार किर्तिपुरस्थीत विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अनसन तोडेका हुन्।

आफूमाथि आक्रमण गर्ने विरुद्धको मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै असार ३ गतेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बसेका थिए।

जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।

मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै उनी सर्वोच्च पुगेका थिए। २०७७ असोजमा नेविसंघका नेता कार्यकताले आक्रमण गरेको भन्दै चलाउनेले मुद्दा दर्ता गरेका थिए।

प्रकाशित: ८ असार २०८० १०:४९ शुक्रबार

उपप्राध्यापक प्रेमबहादुर चलाउने