शिक्षा

स्थानीय पाठ्यक्रम पठनपाठनमा

फाइल स्केच

कञ्चनपुरका स्थानीय तह आफ्नै पाठ्यक्रम बनाई कार्यान्वयन गर्ने तयारीमा जुटेका छन्। पालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउने तयारीमा लागेका हुन्। बालबालिकालाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषय समावेश गरेर कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको हो।

बेलौरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमितप्रसाद भट्टले नगरपालिकाले स्थानीय पाठ्यपुस्तक प्रकाशनको अन्तिम तयारी भइरहेको बताए। ‘विद्यालयहरूमा यसै शैक्षिक सत्रदेखि लागू हुने गरी पाठ्यपुस्तक प्रकाशन गरिन लागेको हो’, उनले भने, ‘एक साताभित्रै विद्यालयमा स्थानीय विषयवस्तु समेटिएको पाठ्यपुस्तक पुग्छ।’

कञ्चनपुरका स्थानीय तह आफ्नै पाठ्यक्रम बनाई कार्यान्वयन गर्ने तयारीमा जुटेका छन्। पालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउने तयारीमा लागेका हुन्।

उनले गत वैशाखमा विद्यालयहरूलाई पाठ्यक्रम उपलब्ध गराए पनि पाठ्यपुस्तक प्रकाशन हुन समय लागेको बताए।

संघीय सरकारबाट स्वीकृत पाठ्यक्रमअनुसार नगरपालिकाले पाठ्यक्रम बनाई पाठ्यपुस्तक प्रकाशन गर्न लागेका हुन्। यहाँको बेदकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख मञ्जु थापाले कक्षा १ र २ को पाठ्यक्रम विद्यालयमा पठनपाठन सुरु भए पनि कक्षा ३ देखि ८ सम्मको पाठ्यक्रम निर्माणको अन्तिम चरणमा रहेको बताइन्।

‘पाठ्यक्रम निर्माण गरेर प्रकाशनमा ल्याउने अन्तिम चरणमा पुगेका छौं। छिट्टै विद्यालयमा स्थानीय पाठ्यक्रम सहितको पाठ्यपुस्तक पुग्छ’, थापाले भनिन्, ‘विद्यार्थीहरूले पालिकाको ऐतिहासिक तथा धार्मिक सम्पदा लगायतका विषयवस्तु थाहा पाउने छन्।’

उनले पाठ्यक्रममा नगर क्षेत्रको ऐतिहासिक तथा धार्मिक सम्पदा र यहाँको संस्कृति/ पर्वहरूबारे पुस्तकमा समेटिएको बताइन्।

संघीय सरकारबाट स्वीकृत पाठ्यक्रम अनुसार नगरपालिकाले पाठ्यक्रम बनाई पाठ्यपुस्तक प्रकाशन गर्न लागेका हुन्। यहाँको बेदकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख मञ्जु थापाले कक्षा १ र २ को पाठ्यक्रम विद्यालयमा पठनपाठन सुरु भए पनि कक्षा ३ देखि ८ सम्मको पाठ्यक्रम निर्माणको अन्तिम चरणमा रहेको बताइन्।

स्थानीय पाठ्यक्रमले पर्यटन विकास र संस्कृति संरक्षणमा टेवा पुग्ने पुनर्वास नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टले बताए। ‘नगरपालिकाले १ देखि ८ कक्षासम्मको पाठ्यपुस्तकमा यस क्षेत्रका पर्यटकीयस्थलहरू, धार्मिक सम्पदाहरू र परम्परागत पर्वहरूको विषय समावेश गरेको छ’, उनले भने, ‘यहाँका मौलिक पर्वकबारे समेत विषयवस्तु राखिएको छ।’

नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ। सोअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैंले एक विषय अध्ययनअध्यापन गराउन सकिने व्यवस्था गरिएको छ।

प्रगतिशील लेखक संघ सुदूर पश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मितबन्धुले स्थानीय सरकारले आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउनु प्रशंसनीय भएको बताए। ‘स्थानीय पाठ्यपुस्तकमा समेटिएका स्थानीय स्तरका भाषा, संस्कृति, कला र सम्पदाबारे विद्यार्थीहरू परिचित हुन्छन्।’

उनले भने,‘यसले विद्यार्थीहरूमा आफ्नो समाजप्रति जिम्मेवारी बोध हुन्छ।’ उनले यस्ता पाठ्यपुस्तकले विद्यार्थीमा अपनत्वको विकास हुने बताए।  

प्रकाशित: ६ असार २०८० ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App