शिक्षा

अत्याधिक गर्मीका कारण विद्यालय बिदा

केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण पूर्वका सुनसरी, मोरङ र झापाका सामुदायिक र संस्थागत विद्यालय धमाधम विदा दिन थालिएको छ।

स्थानिय सरकार धरान उपमहानगरपालिकाले धरानका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ १८ देखि जेठ २४ सम्म एकसाताका लागि बिदा दिने निर्णय गरि सकेको छ। उक्त बिदा वर्खे बिदामा मिलान गरिने उल्लेख छ।

इटहरी उपमहानगरपालिकामा पनि विहीबार र शुक्रबार विद्यालय विदा दिइएकोमा थप चार दिन विदा थपेको छ। शनिबार एक सूचना जारी गरि जेठ २१ गतेदेखि २४ गतेसम्म विद्यालय बन्द गर्ने उल्लेख छ। अत्याधिक गर्मीले गर्दा ‘लु’ को सम्भावना रहेकाले गर्दा बालबालिकालाई जोगाउन विद्यालय बन्द गरेको उपमहानगरपालिकाले जनाएको छ। इटहरी क्षेत्रमा कक्षा ११ को परीक्षा भने चलिरहेको छ। परीक्षा भने नियमित रूपमा चल्नेछ।

सुनसरी इनरुवाका सामुदायिक र संस्थागत विद्यालय पनि जेठ १८ गतेदेखि २४ गते सम्मका लागि बिदा दिइएको छ। भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण जेठ १८ गते देखि २३ गतेसम्मका लागि बिदा दिइएको छ।

बिर्तामोड नगरपालिकामा जेठ १९ गतेदेखि २१ गतेसम्म विदा दिइएको छ। कचनकवल गाउँपालिकामा भने जेठ १८ गतेदेखि २२ गतेसम्म बिदा दिइएको छ।

प्रकाशित: २१ जेष्ठ २०८० ०१:३० आइतबार

अत्याधिक गर्मीका कारण विद्यालय बिदा