शिक्षा

नेपालगन्जमा तीन दिन विद्यालय बन्द

फाइल तस्बिर

अत्यधिक गर्मी भएपछि नेपालगन्जका विद्यालयहरु बन्द हुने भएका छन्। गर्मीले पठनपाठनमा कठिनाइ हुँदा तीन दिनका लागि यहाँका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले एक विज्ञप्ति जारी गर्दै जेठ २१ गतेदेखि २३ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ।

सो अनुसार नेपालगन्जका सबै मदरसासहित सामुदायिक तथा संस्थागत विद्यालयमा लागु हुनेछ। प्रतिकूल मौसमका कारण वर्षे विदाबाट कट्टा हुने गरी नगरका विद्यालय बन्द गरिएको शाखा अधिकृत लोकेन्द्रबहादुर शाहीले जनाए।

प्रकाशित: १८ जेष्ठ २०८० १३:१० बिहीबार

विद्यालय