शिक्षा

पाठ्यपुस्तक नपाएको भन्दै विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ४ मा रहेको श्री जनजोति माध्यमिक विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको भन्दै तालाबन्दी गरेका छन्।

कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले अहिलेसम्म पाठ्यपुस्तक नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन्। 

विद्यालयको लापरबाहीले अहिलेसम्म पाठ्यपुस्तक नपाएको विद्यार्थीहरुको आरोप छ। पुस्तक नपाउदासम्म विद्यालय खोल्न नदिने विद्यार्थीहरुले बताएका छन्।

प्रकाशित: १४ जेष्ठ २०८० ०६:३० आइतबार

सान्नीत्रिवेणी गाउँपालिका