शिक्षा

उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा

घोषणा कार्यक्रममा सहभागी विद्यार्थी।तस्बिरः गोल्डेन बुढा/जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका -७ खिच्चनेका शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन्। मालिका माध्यमिक खिच्चनेमा सोमबारमा आयोजित कार्यक्रममा ४ देखि १६ वर्षका सबै बालबालिका विद्यालय पहुँचमा पुगेको घोषणा गरिएको हो।

कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको भन्दै शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएको वडाका रुपमा घोषणा गरिएको हो। कनकासुदरी गाउँपालिका- ७ अन्तर्गत ३ सय ५८ घरधुरीका सबै ८ सय  ८४ जना बालबालिका विद्यालयको पहुँचमा रहेका छन्। मालिका माध्यमिक  खिच्चनेका ५ सय १२,आधारभूत विद्यालय रोकायावाडा १ सय ४१ र काफलडाँडा आधारभूत  विद्यालय २ सय ३१ विद्यार्थी रहेका छन्। कनकासुन्दरी गाउँपालिकाद्वारा आयोजित घोषणा कार्यक्रममा  गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले बालबालिकालाई विद्यालयमा झिकाउने, सिकाउने, टिकाउने र बिकाउने सिद्धान्त अनुसार सबैको प्राथमिकता हुनुपर्ने बताए।सबै बालबालिका विद्यालयमा भर्ना भएपछि वडालाई नै सबै बालबालिका विद्यालय भर्ना भएको वडाको रुपमा घोषणा गरिएको बताए। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सबै बालबालिका विद्यालय भर्ना भएको वडाका रुपमा कनकासुन्दरी-७ लाई घोषणा गरेका हुन् । उक्त-७ मा पाँच गाउँ वटा छन्। समन्वय प्रमुख आचार्यले ४ वर्षदेखि माथि १६ वर्षदेखि मुनि उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नभएकाे बताए। उनले भने, 'सबै घरका बालबालिका विद्यालयसम्म पुगेका छन्। यो शिक्षा क्षेत्रमा देखिएको सवल पक्ष हो।'

कनकासुन्दरी गाउँपालिका र किर्डाक नेपाल,क्याड,पेस र प्याल नेपालको समन्वयमा विद्यालय भर्ना अभियान सुरु भएदेखि नै बालबालिका विद्यालयको पहुँचमा पुर्‍याउन विभिन्न क्रियाकलाप गरिएको थियो। उक्त गाउँपालिकामा ८ वडामा छन्। पहिलो पटक ७ वडालाई  शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडाका रुपमा घोषणा गरिएको हो। मालिका माध्यमिक विद्यालय खिच्चनेका व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कार्कीले सबै बालबालिका विद्यालयमा आएको भएता पनि विद्यालयमै टिकाई राख्न अबको चुनौति रहेको बताए। उनले भने,अब सबै वडाहरुमा घनिभुत रुपमा कुनै पनि बालबालिका विद्यालय बाहिर नहुने हिसाबले अभियान चलाइनेछ। कुनै पनि बालबालिका विद्यालय बाहिर हुन नदिनु अहिलेको अपरिहार्यता हो। बालबालिका विद्यालय भर्ना भएर मात्रै नहुने भन्दै उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा जिम्मेवार बन्नसमेत आग्रह गरेका थिए।(७ का वडा अध्यक्ष टेजबहादुर जिसीले अब विद्यालयको पहुँचमा सबै बालबालिका पुग्नु मात्रै नभइ गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए। उनले शिक्षकको सक्रियता, विद्यार्थीको लगनशिलता र अभिभावकको बालबालिका प्रतिको चिन्ताले मात्रै गुणस्तरीय शिक्षा हासिल गर्नसक्ने बताए। गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढा,४  वडाका वडा अध्यक्ष धनमानसिंह (सुर्यमणी) हमाल, १ का वडा अध्यक्ष  भिमबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाही र प्रधानमन्त्री रोजगार शाखाका संयोजक हंसराज न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित: ९ जेष्ठ २०८० ०४:५८ मंगलबार

उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा